एजेन्सी : सबै प्रमुख धार्मिक परम्पराहरूमा उपवास एक महत्वपूर्ण परम्परा रहेको पाइन्छ ।
पूर्ण वा आंशिक उपवासले शरीरलाई शुद्ध गरी व्यक्तिलाई ईश्वरसँगको निकटम सम्बन्धको विकास गराउँछ ।
तर, उपवास धार्मिक तहमा मात्र लाभदायी छैन यो स्वास्थ्यका भिन्न क्षेत्रमा लाभदायी भएको ताजा अनुसन्धानहरूबाट पत्ता लागेको छ ।
उपवासका ती लाभदायी विशेषताहरूमा यहाँ १५बारे संक्षिप्त जानकारी दिइन्छ ।
उपवासमा जान अघि चिकित्सकको परामर्श लिनु राम्रो हुनेछ ।
उपवासले वजनमा ह्रास
सानो समयमा नियमित नखाने उपवास विधिलाई सविराम उपवास भनिन्छ ।
उदाहरणका लागि १ बजे देखि ५बजेसम्म खानेकुरा नखाने समय छनौट गर्नु हो ।
यस्तो उपवास विधि उपनाउने धेरै रहेको पाइन्छ ।
सविराम उपवासबारे एक अध्ययन सन् २०१५मा प्रकाशित भएको थियो ।
सविराम उपवासले वजनमा ह्रास ल्याएको पाइएको थियो ।
३ देखि १२ सातासम्म एक दिन विराएर उपवास लिनेहरूको अध्ययन गर्दा अनुसन्धानकर्ताहरूले उनीहरूमा ३ देखि७ प्रतिशतको वजनमा ह्रास भएको पाएका थिए ।
उनीहरूको वजन ३ देखि ५.५ केजीसम्म घटेको थियो ।
उपवासले खराब कोल्स्ट्रोल घटाउँछ
खराब कोल्स्ट्रोलले मुटुमा रगत पु-याउने धमनीहरूलाई बिरामी पार्ने तत्वको जोखिम बढाउँछ ।
खराब कोल्स्ट्रोल निर्मूल पार्न स्वास्थ्य जीवनशैली अपनाउने प्रतिवद्धता र खानेकुरामा ध्यान दिनु सर्वाधिक महत्वपूर्ण विषय हो ।
७१ जना व्यक्तिहरूको अध्ययन गर्दा अनुसन्धानकर्ताहरूले उपवासबाट कोल्स्ट्रोलमा कमी अहाएको पाएका थिए ।
उपवासले मधुमेह(डायबिटिज)को जोखिम घटाउँछ
उपवासले मधुमेहको जोखिमलाई घटाउने धेरै अनुसन्धानहरूले जनाएका छन् ।
रगतमा रहेको चीनीको मात्रा नियमित गर्दै, इन्सुलिनको सक्षमतामा बृद्धि गर्दै र वजनमा ह्रास ल्याउँदै उपवासले मधुमेहको जोखिमलाई घटाउँछ ।
टोरोन्टो आधारित नेफ्रोलोजिस्ट डा. जसन फंगको आँखामा मधुमेहसँग लडन सबै भन्दा महत्वपूर्ण उपायमा वजन कम गर्नु हो ।
त्यसैले उनले मधुमेह घटाउने कार्यक्रममा उपवास केन्द्रीत कार्यक्रमको विकास गरेका छन् ।
उपवासले निद्रा नलाग्नेलाई राम्रो निन्द्रा ल्याउन सहयोग गर्छ
राति निदाउन गाह्रो हुनेलाई उपवासको उपायले निद्रा राम्रो हुन सक्ने देखिएको छ ।
सविराम उपवासले राम्रो निद्रा ल्याउन सहयोग पु¥याउँछ ।अनिदो रोग इन्सोमेनियाको रोकथामका लागि उपवास राम्रो उपाय रहेको पाइएको छ ।
उपवास रक्तचाप घटाउने उपाय
केही अध्ययनहरूले अल्पकालीन उपवासले रक्ताचप घटाउन सहयोग गरेको जनाएकाछन् ।
रक्तचाप कम गरिरहनु भनेको मुटुको रोगको जोखिमलाई कम गर्नु हुन्छ ।
उपवासले मष्तिष्क उर्जावान हुने
उपवासले तपाईलाई सुस्त बनाएको अनुभव भएको होला तर तथ्य के हो भने यसले तपाईको मष्तिष्कलाई ऊर्जावान बनाएको हुन सक्छ ।
सन् २०१५मा मूसामा गरिएको एक अध्ययनबाट अनुसन्धानकर्ताहरूले यस्तो निष्कर्ष निकालेका हुन् ।
मूसाको मष्तिष्कका नशा कोषहरू उपवासका बेला धेरै सक्रिया भएको पाइएको थियो ।
साथै उपवासमा रहेका मूसाहरू बढी सतर्क र उनीहरूको मानसिक गतिविधि औसत भन्दा बढी सक्रिय रहेको पाइएको थियो ।
उपवासमा भोजनको अभाव हुँदा यसले ऊर्जा लिभर भन्दा पनि बोसोको सेलबाट लिन शुरू गर्छ ।
बोसोको कोषमा कीटोन नामक मोलिक्यूल हुन्छ । जसले मष्तिष्कको कोषलाई इन्जन उपलब्ध गराउँछ ।
उपवासले अल्जाइमरको रोगको रोकथाम गर्छ
अल्जाइमरका रोगीहरूलाई चिकित्सकहरूले उपवास बस्न सल्लाह दिन शुरू गर्न सक्ने देखिएको छ ।
मूसामा गरिएको अध्ययनबाट सविराम उपवासबाट अल्जाइमरका लक्षणहरूमा कमी आएको देखिएको छ ।
उपवासले स्मरण शक्तिमा सुधार ल्याउनुका साथै सिकाई क्षमतामा बृद्धि गराउन सक्छ ।
सविराम उपवासले मष्तिष्कको कोषलाई निस्क्रिय हुनबाट जोगाउँछ ।
उपवास बहुपक्षीय स्कलरोसिसको उपाचारमा सघाउँछ
बहुपक्षीय स्कलरोसिस रोगको उपचारमा उपवासले सघाउन सक्ने सन् २०१६मा गरिएको अध्ययनबाट पत्ता लागेको छ ।
अनुसन्धानकर्ताहरूले सातामा ३ दिन उपवासबाट ३० दिनको अवधिमा यस्तो परीक्षण नतिजा प्राप्त गरेका थिए ।
मूसामा गरिएको यो अध्ययनबाट स्कलरोसिसमा सुधार भएको पाइयो ।
उपवासले दहन र क्यान्सर घटाउँन सक्छ
दहनशील अवस्था सबै किसिमको स्वास्थ्य अवस्थामा जोखिम निम्त्याउँछ ।
सन् २०१७मा गरिएको अध्ययनबाट यो पत्ता लागेको हो । उपवासले क्यान्सर रोगमा पनि प्रभाव पारेको पाइएकोछ ।
उपवासले पार्किन्सन रोगको रोकथाम गर्छ
पार्किन्सन रोगलाई उपवासले निको पार्न सक्दैन तर उपवासले यो रोगको जोखिमको विकासलाई घटाउँछ ।
मूसामा गरिएको उपवास अध्ययनबाट पार्किन्सन रोगको लक्षणहरू निम्त्याउने न्यूरोनहरूको ध्वंसलाई जोगाउन उपवासले सहयोग गरेको पाइएको छ ।
उपवासले रेहमुटोयड अर्थराइटिसका लक्षण घटाउँछ
रेहमुटोयड अर्थराइट्सि वा एक किसिमको बाथ रोगमा उपलवासले सहयोग पु-याएको पाइएको छ ।
बाथको दुखाईबाट भोजन शैलीको परिवर्तन र उपवासले राहत दिन सहयोग गरेको पाइएको छ ।
अग्नाशय(प्यांक्रियाज)सम्बन्धी पुराना रोगको उपचारमा सहयोगी उपवास
पित्त पथरीबाट अग्नाशयमा प्रायःगरी रोगहरू हुन्छन् ।
यसले प्यांक्रियाजमा अग्निदाह उत्पन्न गराउँछ । यसले पेटको दुखाई निम्त्याउँछ ।
अमेरिकाको नेशनल प्यांक्रियाज सोसाइटीले अग्नाशयको पुराना रोगहरूको उपचारमा २४ घन्टादेखि ४८ घन्टासम्मको उपवासलाई समेत समावेश गरेको छ ।
यसबाट अग्नाशय र पेटलाई आराम मिल्छ ।
४८ घन्टाको उपवास पछि बिरामी पोषिलो भोजन दिन शुरू गर्नु महत्वपूर्ण हुन्छ ।
यस्तो अवस्थामा रोगीले आफै खाउन वा नलीबाट खुवाउन परोस पोषिलो खाना दिन शुरू गर्नुपर्छ र गरिन्छ ।
अग्नाशयलाई स्वस्थ्य बनाउन आवश्यक मात्रामा क्यालरी दिनुपर्छ ।
पेट दुखाई, झाडा पखाला र कब्जियत जस्ता पेटसम्बन्धी समस्यामा उपवास सहयोगी
पेट दुखाई, झाडा पखाला वा कब्जियत जस्त पेटको पुरानो समस्यालाई इरिटेबल बाउल सिन्ड्रोमको रूपमा पनि बुझिन्छ ।
सन् २०१६मा यससम्बन्धी गरिएको अध्ययन अनुसार यस्ता समस्याको समाधान ४ साताको उपवास उपचारबाट गरिएको थियो ।
यो अध्ययनबाट पेटसम्बन्धी यस्ता समस्याको उपचार औषधिबाट प्रभावशाली नभए उपवासबाट गर्दा निको हुन सक्ने देखियो ।
उपवासले केमोथेरेपीको प्रभावकारितामा सहयोगी
क्यान्सरका रोगीहरूलाई दिइने केमोथेरेपीको प्रभावकारिता बढाउन उपवास सहयोगी हुन सक्ने अध्ययनबाट पत्ता लागेको छ ।
यो अध्ययन मूसामा गरिएको छ । उपवासको चक्रले क्यान्सर मुक्त जीवनको समयावधिलाई बढाएको पाइएको छ ।
यसको अतिरिक्त उपवासबाट केमोथेरेपी उपचारमा क्यान्सर कोषको केमोथेरेपी प्राप्त गर्ने क्षमतालाई बढाइएको पाइएको थियो ।
उपवाससम्बन्धी क्यान्सरमा गरिएको अध्ययनहरू जनवारहरूमा गरिएका छन् ।
त्यसैले क्यामोथेरेपी लिइरहेका क्यान्सरका रोगीले उपवासमा जान अघि खानेकुराबारे चिकित्सकसँग सल्लाह लिनुपर्नेछ ।
बुढौयली प्रक्रिया सुस्त गर्न उपवास सहयोगी
सन् २०१७मा गरिएको एक अध्ययनबाट सविराम उपवासले नेमाटोड किरा फेला प-यो ।
यसले बुढयौली प्रक्रियालाई सुस्त बनाउँछ । अनुसन्धानकर्ताहरूले गरेको अध्ययनबाट यो किराको भोजन प्रभावित हुन्छ ।
यसले कोष भित्रको माइक्रोन्ड्रिय नेटवर्कलाई प्रभावित पार्छ ।
जसले जीवन अवधिलाई बढाउन मदत पुग्न जान्छ ।
मानिसमा यसको थप अध्ययन गर्न बाँकी रहेको छ ।
उपवासमा बस्न अघि आफ्नो चिकित्सको सल्लाह लिनु आवश्यक हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया