एजेन्सी : चीनको इन्टरनेट नियामक निकायका पूर्व प्रमुख लु वेइमाथि घुस लिएको आरोप लगाइएको छ ।
उनले आफ्नो पदको दुरूपयोग गरी सम्पत्ति आर्जन गरेको आरोप लगाइएको चीनको सरकारी न्युज एजेन्सी सिन्ह्वाले जनाएको छ ।
लु चीनको अनलाइन मिडियासम्बन्धी विभागका बरिष्ठतम अधिकारीहरू मध्ये एक थिए ।
टाइम म्याग्जिनले कुनै बेला १०० शक्तिशाली व्यक्ति मध्ये लुलाई उल्लेख गरेको थियो ।
तर ठूलो धनराशि र अकुत सम्पत्ति आर्जन गरेको अभियोग लुमाथि लगाइएको छ ।
सन् २०१२मा राष्ट्रपति सी जिनपिनले आफ्नो कार्यकाल शुरू गर्दा लुलाई सीको निकटतम सहयोगीको रूपमा मिडियाले प्रस्तुत गरेको थियो ।
सन् २०१३को अगस्टमा चीनको अनलाइन मिडियालाई विस्तार गर्न लुलाई साइबरस्पेस एडमिनिस्ट्रेशनको प्रमुख बनाइयो ।
तर सन् २०१५को जुलाईमा उनलाई हटाइयो । उनको ठाउँमा सु लिनलाई नियुक्त गरियो ।
चीनको भ्रष्टाचार विरोधी नियोगले सन् २०१७को नोभेम्बरमा उनलाई हिरासतमा लिएर भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिन नथालेसम्म चीन लुको भाग्यबारे केही बोलेको थिएन् ।
फेब्रुअरी २०१८मा लुलाई कम्युनिस्ट पार्टीबाट निकालियो र घुस लिएका धेरै अभियोग लगाइएको मिडियाले जनायो ।
उनले सन् २०१४मा अमेरिकाको सिलिकन भ्यालीको यात्रा गरेर एप्पल, फेसबुक र इबेका ठूला पदाधिकारीहरूसँग महत्वपूर्ण भेटवार्ता गरेको समाचार प्रमुखताका साथ अन्तर्राष्ट्रिय मिडियामा छापिएको थियो ।
फेसबुकका मार्क जुकरबर्गले चीनमा आफ्नो बजार विस्तार गर्ने विषयमा सन्तुष्ट पार्न सकेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया