एजेन्सी : नयाँ व्यापार महशुल बृद्धिले लागत बढाएपछि अमेरिकी कम्पनीहरूलाई समस्या पर्न थालेको छ ।
अमेरिकी कम्पनीहरूले उत्पादन गर्ने वस्तुको मूल्यमा हुने बृद्धिलाई उपभोक्ता समक्ष कसरी पु-याउने विषयमा परीक्षण गरिरहेका छन् ।
उपकरण बनाउने अमेरिकी कम्पनी क्याटरपिलरले स्टिल र अल्मुनियममा १० करोडदेखि २० करोडसम्म बढेको मूल्यले गर्दा आफ्नो बलियो मागका कारण मूल्य बृद्धि गर्नु परेको जनाएको छ ।
अन्य कम्पनीहरूले भने मूल्यको बृद्धिले आफूहरूलाई तनाव उत्पन्न गराएको जनाएका छन् ।
भोजन प्रशोधन गर्ने कम्पनी टाइसन फुडले आफ्नो मुनाफा पूर्वानुमान कटौती गरेको छ ।
अमेरिकामा सुँगुर र गाईको मासु महशुल बृद्धिले अमेरिकामा मासुको मूल्य घटेको छ ।
यसले आफ्नो प्रतिशेयर मुल्य आम्दानी ५.७०देखि ६अमेरिकी डलरसम्म समायोजन गरेको छ ।
महशुल बृद्धिले समस्या उत्पन्न भएको जनाइएको छ ।
यसअघि यसको शेयर मूल्य ६.५५ देखि ६.७०को पूर्वानुमान रहेको थियो। सुँगुर र गाईको मासुको मूल्यमा आएको गिरावटले कुखराको मागमा कमी ल्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया