उपराष्ट्रपति कप : एपिएफ र आर्मी भिड्ने

काठमाडौँ : उपराष्ट्रपति कप राष्ट्रिय महिला फुटबल लिगको उपाधिका लागि आज दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् .

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ ९एन्फा०को खेल मैदानमा आज दिउँसो फाइनल खेल हुनेछ । समान तीन/तीन खेल खेलका दुवै टिम अपराजित अवस्थामा छन् । 

अघिल्ला तीन खेलमा दुवै टोलीले नेपाल पुलिस क्लब, काठमाडौँ फुटबल संघ र रौतहट फुटबल संघलाई पराजित गरेका थिए । दुई खेलमा जित हात पारेको रौतहट ६ अंकका साथ लिगको तेस्रो स्थानमा छ । 

उपाधि विजेताले रु दुई लाख, उपविजेताले एक लाख तथा तेस्रो हुने टिमले ५० हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछ । लिगको सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार रूपैयाँ तथा उत्कृष्ट विधाका खेलाडी र प्रशिक्षकलाई जनही १० हजार रूपैयाँ पुरस्कार प्रदान गरिनेछ । 

यही साउन ६ गतेदेखि शुरु भएको प्रतियोगितामा एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, काठमाडौँ फुटबल संघ र रौतहट फुटबल संघको टिमको सहभागिता छ । प्रतियोगिता तयारीका लागि एन्फाले प्रत्येक टोलीलाई ५० हजार रूपैयाँ उपलब्ध गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?