एजेन्सी :रोबोटलाई मानिसजस्तै निपूणता दिनका लागि कृत्रिम बौद्धिकतासम्बन्धी प्रविधि क्षेत्रको कम्पनी ओपनआईले एक अत्याधुनिकप्रणली सार्वजनिक गरेको छ ।
यो नयाँ प्रणालीले वस्तुलाई कस्सिएर समात्न, फुस्काउन र हेरफेर गर्ने सिकाई रोबोटलाई दिन सक्नेछ ।
मानिसले कुनै बस्तुलाई हातमा राखेर खेलाएर, समातेर, हेरफेर गर्न सक्ने काम रोबोटले यो प्रविधिबाट गर्न सक्ने भएको छ ।
ओपनआई अर्बपति एलन मस्कको स्वामित्वमा रहेको कम्पनी हो । यसमा पिटर थिएल पनि छन् जसले रोबोटलाई हातमा बस्तु राखेर मानिसले गर्ने जस्तो काम गर्न सिकाए ।
यो प्रणालीलाई डक्टाइल भनिएको छ ।
अनुसन्धानकर्ताहरूले कम्प्युटरमा जोडिएको कुनै रोबोटको हातलाई नयाँ किसिमलाई चलाउन सिकाउने प्रविधिको विकास गरेका हुन् ।
यो रोबोटको वास्तविक हातबाट गर्न सकिनेछ । यसको अर्थ रोबोटले मानिसको हस्तक्षेप बिना हातले काम गर्न सक्नेछ ।
रोबोटले मानिसको यो काम सिक्नका लागि नियमित अभ्यास गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया