डोटी : सात नम्बर प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्न प्रदेश सांसद तारालाल तामाङको संयोजकत्वमा ७ सदस्यीय विशेष सुझाव समिति गठन गरिएको छ ।
सुझाव समितिलार्इ ७ दिनभित्र प्रदेशको नामाकरण र राजधानीबारे प्रतिवेदन तयार गरि पेश गर्न निर्देशन दिर्इएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।
समितिमा संयोजक तामाङसहित प्रदेश सांसद बलदेव रेग्मी, श्यामलाल राना, प्रेमप्रकाश भट्ट र चुनकुमारी चौधरी सदस्य छन् ।
राजधानी र प्रदेशको नामबारे कुनै छलफल नभएको जनाउँदै प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद सचिवालयमा प्रस्सताव दर्ता गराएको थियो ।
सुझाव समितिले सवै सरोकारवाला पक्षसँग छलफल गरि प्रदेशको नाम र राजधानीबारे सरकारलार्इ सुझाव प्रतिवेदन बुझाउनेछ ।
हाल धनगढीको कैलालीलार्इ प्रदेश ७ को अस्थायी राजधानी तोकिएको छ ।
तर, निकै विकट मानिने साविकको सुदुरपश्चिमका जिल्लाबाट कैलालीसम्म दैनिक प्रशासनिक कामका लागि अाउन सास्ती भएको भन्दै विभिन्न जिल्लाका नागरिकले पायक पर्ने स्थानमा राजधानी सार्न माग गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया