शिवराम श्रेष्ठले ‘एशियाड’ मा ल्याएको उत्कृष्ट नतिजालाई टंकले तोड्लान् ?

काठमाडौं । गल्फ, आम समर्थकहरुमा एउटा ठुलै भ्रम छ ।

यो खेल निम्न तथा मध्यम वर्गका व्यक्तिहरुले खेल्न सक्दैनन् भन्ने तर, अहिले त्यो सबै भ्रम हटिसकेको छ ।

पछिल्लो समयमा यो खेलमा लाग्ने निम्न आय भएका एमच्योर गल्फरहरुको सङ्ख्या ठूलै रहेको छ । 'क्याडी  ब्वाइ' शिवराम श्रेष्ठ एमच्योर हुँदै प्रोफेसनल गल्फर बनिसकेका छन् । उनै श्रेष्ठले पनि प्रमाणित गरिसकेका छन्, गल्फ धनी व्यक्तिले मात्र हैन निम्न आय भएका प्रतिभावान खेलाडीले पनि खेल्न सक्छन् ।

अहिले नेपाल गल्फ संघले प्रतिभावान नयाँ खेलाडीहरुलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु पनि गर्दै आइरहेको छ । 

‘हामीसँग पर्याप्त गल्फ कोर्ष छैन, रेन्ज छैन, साथै राम्रो प्रशिक्षकको पनि अभाव छ । एउटा खेलाडीलाई दिनुपर्ने सेवासुविधा राम्रो छैन । यसका बावजुत पनि खेलाडीहरुले आफ्नो क्षमताको भरमा खेल्दै फाट्ट फुट्ट मेडल ल्याएका छौँ ।'

नेपाली गल्फले 'एशियाड' मा सहभागी हुन लागेको यो पाचौँ संस्करण हो । तर, नजिता भने ४५ औं स्थानभन्दा तल झर्न सकेको छैन ।

सन् २००२ मा दक्षिण कोरियामा भएको बुसान 'एशियाड'मा नेपालका लागि चूडामणि भण्डारी, टासी घले, राज प्रधान र दिप बहादुर बस्नेतले भाग लिएपनि नतिजा भने सन्तोषजनक थिएन । 

सन् २००६ को दोहा 'एशियाड' मा शिवराम श्रेष्ठ ४५ औं स्थानमा रहेका थिए । त्यो स्थान नै अहिलेसम्म 'एशियाड'मा पाएको सबैभन्दा सफल नतिजा हो । त्यतिबेला उनले ३ सय ६ स्कोर बनाएका थिए । 

अन्तर्राष्ट्रिय प्रतियोगितामा तीन पदक जितिसकेका गल्फर शिवरामले कम श्रोतसाधनका बावजुत पनि 'एशियाड'मा मेडलको आशा गर्न सकिने बताए ।

‘हामीसँग पर्याप्त गल्फ कोर्ष छैन, रेन्ज छैन, साथै राम्रो प्रशिक्षकको पनि अभाव छ । एउटा खेलाडीलाई दिनुपर्ने सेवासुविधा राम्रो छैन । यसका बावजुत पनि खेलाडीहरुले आफ्नो क्षमताको भरमा खेल्दै फाट्ट फुट्ट मेडल ल्याएका छौँ । उनले भने । 

पहिलेको तुलनामा अहिले गल्फ खेलाडीले केही हदसम्म वैदेशिक प्रशिक्षण र अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा सहभागी हुने मौका पाएको जानकारी दिए । 'इन्डिया टुर' छनोट खेलको तयारीमा रहेको प्रोफेसनल गल्फर श्रेष्ठले बाहिरबाट नयाँ प्रशिक्षक ल्याएर खेलाडीहरुलाई थप प्रशिक्षण दिन सके अझ खेलस्तर माथि उठ्न सक्ने बताए । 

एमच्योर गल्फरले मात्र सहभागी हुने 'एशियाड'मा चारै जना खेलाडीले राम्रो प्रर्दशन गर्ने सक्ने पनि उनले बताए । 

'सागमा गल्फ समेटिनुले टोलीको मनोवल बढेको छ । नेपालमै हुने भएकाले पदकको आशा पक्कै रहन्छ । टोलीमा रहेका खेलाडीले नियमित प्रशिक्षणमा मेहनत गरेका छन् र त्यसैअनुसार खेलमा सुधार पनि आएको छ ।'

पाँचौं संस्करणसम्म २० खेलाडीले खेल्ने मौका पाएपनि 'एशियाड'मा भने सहभागितामा मात्रै सिमित भएका छन् । अहिलेसम्म 'एशियाड'मा नेपालले २३ पदक मात्र जितेको छ ।

जसमा २२ कास्य र १ रजत पदक रहेको छ । तेक्वान्दोकी सविता राजभण्डारीले जितेको रजत पदक नै 'एशियाड'मा नेपालले  जितेको सबैभन्दा ठूलो पदक हो । 

क्याडी ब्वाई देखि एमच्योर गल्फरसम्म :-
आसन्न एशियन गेम्समा तीन 'क्याडी ब्वाई' र एक गल्फ मेम्बर एमच्योर खेलाडीले भाग लिदैछन् ।

एमच्योर गल्फरको शीर्ष स्थानमा रहेका टंकबहादुर कार्की अरु गल्फर भन्दा केही अनुभवी खेलाडी मानिन्छन् । त्यसैले टंकले 'एशियाड'मा पदक जित्न सक्ने अड्कल बाजी गरिरहेका छन् । कार्कीले कोरियामा ४ वर्ष अघि नेपालका लागि 'एशियाड'कै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

१७ ओभरमा ३ सय ५ स्कोर बनाएका उनले प्रोफेसनल गल्फर शिवराम श्रेष्ठले सन् २००६ मा बनाएको स्कोरलाई एक स्ट्रोकले पछाडि पारेका थिए । पहिलो दिन १ ओभर लेखाएका उनले दोस्रो र तेस्रो दिन ५ र ३ ओभरको स्कोर बनाए ।

तर अन्तिम दिन ८ ओभरमा ८० स्कोर बनाएपछि उनी ४६ औं स्थानमा रहे । कार्की चार वर्षपछि उक्त प्रदर्शनलाई सुधार्ने लक्ष्यमा रहेका छन् । 

त्यस्तै, शुक्रबहादुर राई, अजित विक र पृथ्वी मल्ल पनि 'एशियाड'का लागि गोकर्ण गल्फ कोर्षमा दैनिक प्रशिक्षणलाई निरन्तरता दिइराखेका छन् ।  कार्की पछि शुक्रबहादुरले पनि खेलमा राम्रो गर्न सक्ने बताइएको छ । इन्डोनेशियाको पोन्डोक इन्डा गल्फ कोर्समा हुने खेलमा नेपाली खेलाडीले राम्रै प्रर्दशन गर्न सक्ने प्रशिक्षक दिपक आचार्यले बताए । 

‘इन्डोनेशियाको कोर्स नेपालको भन्दा फरक छ । कुनै होल नेपालमा भएको भन्दा धेरै लामो दूरीको पनि छन् । त्यसैलाई ध्यानमा राख्दै थाइल्याण्डमा प्रशिक्षण गदैछौँ ।’ उनले भने ।  

साथै, उनले थाइल्याण्डमा गरेको प्रशिक्षणले 'एशियाड'मा निक्कै सहयोग पुग्ने पनि बताए । ‘थाइल्यान्डमा प्रशिक्षण गर्ने कोर्ष निक्कै राम्रो र उच्चस्तरको छ । इन्डोनेशिया धेरै गर्मी र हावा लाग्ने ठाउँ भएकोले पनि खेलाडीलाई केही अपठ्यारो हुन्छ । तर, थाइल्यान्डको मौसमले खेलाडीलाई एशियाडमा खेल्न सहयोग पु¥याउँछ ।’ उनले थपे

खेलाडीहरुले हुआहिनस्थित स्प्रिङफिल्ड गल्फ कोर्समा २० दिनसम्म प्रशिक्षण गर्नेछन् ।  थाई प्रशिक्षक जित्ती श्रीतानापोलले तीन सातासम्म खेलाडीहरुलाई प्रशिक्षण दिइने नेपाल गल्फ संघले जानकारी दिएको छ । 

‘सागमा गल्फ समेटिनुले टोलीको मनोवल बढेको छ । नेपालमै हुने भएकाले पदकको आशा पक्कै रहन्छ । टोलीमा रहेका खेलाडीले नियमित प्रशिक्षणमा मेहनत गरेका छन् र त्यसैअनुसार खेलमा सुधार पनि आएको छ,’ उनले भने ।

यता, अजित र पृथ्वी भने पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने सुरमा रहेका छन् । टंक र शुक्रले भने यसअघि विभिन्न प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भइसकेका छन् ।

‘साग’ प्रतियोगिताको तयारी स्वरुप ‘एशियाड’लाई लिएका छन् । तर, अहिलेसम्मकै उत्कृष्ट तयारी र विशेष वैदेशिक प्रशिक्षणले टोलीले ‘एशियाड’मा गर्दै आएको प्रदर्शन सुधार गर्ने अपेक्षा रहेको छ ।

थप वैदेशिक प्रशिक्षण पश्चात नेपालले पदकको आशा गर्न मिल्ला ?

यसैबीच, इन्डोनेशियामा हुने एशियन गेम्सको तयारीका लागि ४ खेलाडीसहितको टोली थाइल्याण्ड प्रस्थान गरेका छन् । 

थप वैदेशिक प्रशिक्षणका लागि ४ गल्फ खेलाडी र १ प्रशिक्षक थाइल्याण्ड गएका हुन् ।  प्रशिक्षक दिपक आचार्यले नेपाल र इन्डोनेशियाको मौसम केही फरक भएकोले थाइल्याण्डमा तयारी गर्दा खेलाडीलाई 'एशियाड'मा खेल्न थप सहज हुने बताए ।

‘यो तयारी एशियन गेम्सको लागि मात्र नभएर, नेपालमै हुने ‘साग’ च्याम्पियनसिपको लागि पनि हो । एशियाडमा ४ खेलाडीमध्ये दुई खेलाडीले ‘अण्डर पार’ र ‘पार’ खेल्नेछ । साग च्याम्पियनसिपमा पहिलो पटक गल्फलाई समावेश गरिएको छ । यसपटक गल्फबाट पनि पदकको आशा गर्न सकिन्छ ।’ उनले लोकपथलाई भने । 

थाइल्याण्ड जाने खेलाडीहरुमा टंक बहादुर कार्की, शुक्रबहादुर राई, पृथ्वी मल्ल र अजित विक रहेका छन् । खेलाडीहरुले थाइल्याण्डको स्फ्रिङफिल्ड क्बलमा २० दिन प्रशिक्षण लिइने पनि बताइएको छ । 

एशियाडपछि १३ औं दक्षिण एशियाली खेलकुद ‘साग’ प्रतियोगिता नेपालमा हुँदैछ । भदौको पहिलो साताबाट एशियन गेम्स इन्डोनेशियाको जाकार्तामा शुरु हुँदैछ । 

नेपालले सन् २०१९ मार्चमा दक्षिण एशियाली खेलकुद (साग) आयोजना गर्दैछ । आयोजक राष्ट्रको हैसियतले नेपालले गल्फ र कराँतेलाई पनि सागमा समेटेको छ । नेपालमा हुने ‘साग’मा गल्फ समेटिनुले खेलाडीको हौसला बढ्नुका साथै मनोबल उच्च बनेको खेलकुद विज्ञहरुले बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?