वैशाख २८ र २९ गते परीक्षा नियन्त्रण कार्यालयको सेवा बन्द हुने

लोकपथ
0
Shares
A view of Tribhuvan University building in Kirtipur, on Friday, March 08, 2019. Photo: Mausam Shah Nepali/THT

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले वैशाख २८ र २९ गते आफ्नो सम्पूर्ण सेवा बन्द हुने जनाएको छ ।

कार्यलयमा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मतदान केन्द्र राखिएको कारण दुई सेवा बन्द गर्नु परेको कार्यालयले जनाएको छ ।

‘स्थानीय तहको निर्वाचनको मतदान प्रयोजनको लागि यस त्रि।वि। परीक्षा नियन्त्रण कार्यालयलाई मतदान केन्द्र तोकेको हुँदा मतदान केन्द्रको पूर्व तयारी एवं सुरक्षा व्यवस्थाका लागि २०७९ वैशाख २८ र २९ गते दुई दिन यस कार्यालयबाट सेवाग्राहीको लागि प्रवाह हुने सबै सेवाहरु बन्द गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ,’ कार्यालयले आज एक सूचना प्रकाशित गरी भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?