बुटबल – बुटवलको रुपन्देहीमा जारी १८ औं लिस्नुकप फटबल प्रतियोगितमको सेमिफाइनलमा पश्चिम क्षेत्रीय प्रहरी तालीम केन्द्र बुटवल पुगेको छ ।
मंगलवार पशुपति माविको खेल मैदानमा भएको खेलमा भैरव फुटबल क्लबलाई १–० ले हराउँदै प्रहरी सेमिफाइनलमा पुगेको हो ।
प्रहरीका तर्फबाट धनीराम चौधरीले एक गोल गरेका थिए । ४९ औं मिनेटमा गोल हानेका धनीराम म्यान आफ द म्याच घोषित भए । क्वार्टरफाइनलको खेल नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार र वालिङ नगरपालिका स्याङ्जाबीच हुनेछ ।
पुरस्कृत हुने टिमले नगद तीन लाख पाउनेछन् भने उपविजेताले एक लाख ५० हजार र सेमिफाइनल पुगेका दुई टिमले २५ हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिता साउन २१ गतेसम्म जारी रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया