एजेन्सी: कम्प्युटर मानिसको दैनिक काममा जोडिएको उपकरण हो । सम्बन्धदेखि सम्पत्तिसम्मका जानकारी कम्प्युटरमा राखिएका हुन्छन् । त्यसैले प्रविधि चोर(ह्याकर)हरूको आक्रमणको तारो मुख्यरूपले अहिले कम्प्युटर नै हुने गरेको छ ।
कम्प्युटरको जासुसी गर्ने र निगरानी गर्ने सर्वाधिक खतरनाक सफ्टवेयरहरूले तपाईसँग फिरौतीको रकम माग्ने गर्दैन नत यसले तपाईका फाइल डिलिट गर्छु भन्ने चेतावनी पनि दिँदैन ।
यसको साटो उनीहरू तपाईको कम्प्युटर सिस्टममा गएर चुपचाप लुकेर बस्छन् । त्यसपछि उनीहरूले तपाईको कम्प्युटरको गतिविधिहरूलाई निगरानी गर्न थाल्छ र तिनको रेकर्ड गर्न थाल्छ ।
जासुसी गर्ने यस्ता स्पाइवेयरले तपाईको कम्प्युटरलाई जेसुकै गर्न सक्छ । यस्ता अपराधीहरूले तपाईको व्यक्तिगत डेटाहरू, पहिचानहरू, बैंक खाताहरू र डिजिटल युगमा तपाईका जीवनका हरेक विषयवस्तुहरूको चोरी गर्छन् ।
यस्ता स्पाइवेयरबाट कम्प्युटरलाई जोगाउने काम तपाईहरूको आफै हुन्छ ।
यसका लागि तपाईहरूले ध्यान दिनुपर्ने पहिलो विषय तपाईको कम्प्युटरको सिस्टमलाई सुरक्षित पार्नुस । कम्प्युटरलाई ठोसरूपमा प्रविधि सुरक्षा अपनाउनुपर्छ । विन्डोज र म्याकओएस जस्ता एन्टिभाइरस प्रोग्य्रामबाट सुरक्षित गर्नुपर्छ ।
यसका लागि सर्वाधिक प्रभावशाली एन्टिभाइरस उपकरणको प्रयोग गर्नुपर्छ । कतिपय एन्टिभाइरस निशुल्क हुन्छन् भने कतिपयको शुल्क तिर्नुपर्छ ।
विन्डो डिफेन्डर, एभीजी फ्रिको अपग्रेडेड भर्सनको मूल्य वार्षिक ७० अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । बिटडिफेन्डरको मूल्य ५४ अमेरिकी डलर,मालवेयरबाइटसको मूल्य ४० अमेरिकी डलर, अभास्टको मूल्य ६० अमेरिकी डलर वार्षिक रहेको पाइन्छ । सशुल्क यस्ता सुरक्षा विधि अपनाउँदा तपाईहरूलाई थप सुरक्षा प्रवन्ध उपलब्ध हुन्छ ।
प्रविधि वज्ञिहरूका अनुसार मुख्य सुरक्षाका साथ दोस्रो सुरक्षा विधि पनि अपनाउनुपर्ने देखिन्छ । विन्डोजको फ्रि स्पाइबोट सर्च एन्ड डिस्ट्रोयजस्ता एन्टिभाइरस उपलब्ध छन् ।
कम्प्युटरलाई संक्रमणबाट जोगाउनु अर्को महत्वपूर्ण उपाय हो ।मालवेयरलाई कम्प्युटरमा छिर्न र लुक्न नदिन सतर्कता अपनाउनुपर्छ ।गलत भाइरसहरूलाई पहिचान गर्ने विधि अपनाएर मेसिनलाई नियमित सफा पार्ने बानी बसाल्नु पर्छ । परिवारमा जमघट भएका बेला कम्प्युटरको प्रयोग हुन सक्छ । त्यतिखेर सुरक्षा सिस्टम ठोस अपनाइएको हुनुपर्छ ।
यसपछि अर्को विषय चेतावनीका संकेतलाई ध्यान दिनुपर्छ । तपाईको कम्प्युटरमा खराब भाइरस पसेको जानकारी दिने संकेतलाई तत्काल ध्यान दिने बानी बसाल्नु पर्छ । यस्ता जानकारी पाइएपछि तत्काल त्यस्तालाई समाप्त पार्ने विधिको प्रयोग गरी समाप्त पार्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया