किंग पेनगुइनका ९० प्रतिशत बासस्थान समाप्त

एजेन्सी : तीन दशक भित्र पृथ्वीमा रहेका उडन नसक्ने चरा किंग पेनगुइनको ९० प्रतिशत बासस्थान समाप्त भएकोमा अनुसन्धानकर्ताहरूले चिन्ता व्यक्त गरेका छन् ।

यो पक्षी तीन फिट अग्लो हुन्छ ।हालै स्याटेलाइटबाट लिइएका फोटाहरूमा  यसको संख्यासमाप्त हुँदै २ लाखमा समेटिएको देखिएको छ ।

किंग पेनगुइन घरमै बस्ने चरा हो । वयस्क भएपछि यो पक्षी केही दिनका लागि समुद्रमा जाने गर्छ । खाना खोजी गर्छ ।

यो पक्षी बासस्थान छोडेर जाने गरेको पाइँदैन् । एक तिहाई किंग पेनगुइन फ्रान्समा बस्छन् ।

उनीहरूको  बासस्थानमा कमी आउनुको मुख्य कारण जलवायु परिवर्तन महत्वपूर्ण भएको पर्यावरणविद् हेनरी वेइमस्कर्चले बताए ।

बढदो गर्मीले उनीहरूको बासस्थान ध्वस्त पारिरहेको छ ।

पेनगुइनको अध्ययनका लागि फ्रान्सको नेशनल सेन्टर फर साइन्टिफिक रिसर्चले कोष उपलब्ध गराएको छ ।

अहारको कमीले पनि उनीहरूलाई बाँच्न गाह्रो भइरहेको छ । चराहरूमा हुने हैजाले पनि पेनगुइनको संख्यालाई घटाएको छ ।

किंग पेनगुइनले गुँड बनाउँदैनन् । उनीहरूले एक पटकमा एउटै अन्डा दिन्छ ।किंग पेनगुइनको जोडीले दुई महिनासम्म अन्डाको हेरचाह गर्छ । 

यसका दुई प्रजाति छन् एप्टेनोडाइट्स पाटागोनिका पाटागोनिकस फकल्यान्ड र साउथ जर्जियमा बासोबास गर्छन् ।

एप्टेनोडाइटस पाटागोनिका हल्ली प्रजातिका किंग पेनगुइन हिन्द महासगरको दक्षिणी र दक्षिणी प्रशान्त क्षेत्रमा बसोबास गर्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?