काठमाडौं । नेपाल राष्ट्र बैकले चालू आर्थिक वर्ष २०७८/७९ को नौ महिनाको देशको आर्थक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ ।
चालू आर्थिक वर्षको चैत मसान्तसम्म विप्रेषण आप्रवाह (रेमिट्यान्स) ०.६ प्रतिशतले घटेको छ । सो अवधिमा रेमिट्यान्स ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १६.५ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा रेमिट्यान्स २.२ प्रतिशतले कमी आई ६ अर्ब ५ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख ५६ हजार ३१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७४.९ प्रतिशतले घटेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९९.९ प्रतिशतले वृद्धि भई २ लाख ६ हजार ६२९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६०.७ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर ०.७ प्रतिशतले कमी आई ८ खर्ब ८ अर्ब ९२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १४.४ प्रतिशतले बढेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया