दुई दिनमा २० प्रतिशतले इरानी मुद्राको अवमूल्यन

एजेन्सी : अमेरिकाले इरानमाथि आर्थिक नाकाबन्दी पूर्णरूपमा लगाउन अघि नै इरानको मुद्रामा चिन्ताजनक अवमूल्यन देखा परेको छ ।

इरानले यसलाई इरान विरूद्धको षडयन्त्र भएको प्रतिक्रिया सार्वजनिक गरेको छ ।

यो वर्ष शुरू भएयता इरानको मुद्रा रियालमा दुई तिहाईको अवमूल्यन भएको छ ।

यो साताको दुई दिनमा मात्रै २० प्रतिशतले अवमूल्यन हुन पुगेको हो ।

अमेरिकी डलर १ बराबर इरानी मुद्रा १ लाख १९ हजार हुन पुगेको छ ।

यो अहिलेसम्मकै सबैभन्दा कमजोर मुद्राको अवस्था आंकलन गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग गरिएको बहुपक्षीय परमाणु अप्रसार सन्धीबाट अमेरिका फिर्ता हुने जनाएर इरानमाथि अगस्टदेखि थप आर्थिक नाकाबन्दी लगाउने घोषणा गरेका थिए ।

यो घोषणा भएपछि इरानले अमेरिकी डलरको बचत गर्न शुरू गरेकोे थियो ।

केन्द्रीय बैकले शत्रुहरूको षडयन्त्रले गर्दा रियाल अचानक खस्किन पुगको भन्दै एक विज्ञप्ति जारी गरेको छ ।

इरानी सरकारलाई कमजोर पार्न अमेरिका र खाढी राष्ट्रहरू मिलेर षडयन्त्र गरिरहेको आरोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?