पुटिनद्वारा रुसी सेनामा नयाँ राजनीतिक समूह गठन

एजेन्सी : देशभक्तिलाई प्रवद्र्धन गर्न रुसी सेनामा राष्ट्रपति भ्लादिमिर पुटिनले एक नयाँ निर्देशनालय खडा गरेकाछन् ।

साम्यवादी सिद्धान्तहरू पढाउने सोभियतकालीन अभ्यासजस्तै यो निर्देशनालय गठन गरिएको हो ।

राष्ट्रपति पुटिनले सेनामा देशभक्तिप्रति जिम्मेवार बनाउन यो समूहको घोषणा गरिएको जनाए ।

यसले रुसका क्रियाशील दश लाख सेनालाई प्रभाव पार्नेछ ।

सोभियत संघ भएका बेला यस्तै निर्देशनालय सेनामा रहेको थियो ।

त्यो निर्देशनालय सत्ताधारी कम्युनिस्ट पार्टीप्रति समर्पित रहन सिकाउने उदेश्यले खडा गरिएको थियो ।

सन् २०१४मा युक्रेनको क्राइमियालाई अधिग्रहण गरेको विषयलाई रुसी सेनाको महत्वपूर्ण उपलब्धिको रूपमा लिइएको छ ।

साथै रुसको प्रभाव सिरियामा बढाएकाले रुसी सेनाको भूमिकालाई सराहना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?