सबै खेल मैदान लथालिङ्ग छन्, कसरी पुगे नेपाली खेलाडी ‘ओडीआई’मा ?

काठमाडौं । नेपाली क्रिकेट, तीन दशक नाघिसक्यो खेल्न थालेको । तर, उपलब्धि बल्लतल्ल एक दिवसीय मान्यता । त्यो पनि मात्र चार वर्षको लागि ।

नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको २२ वर्षमा बल्ल ‘ओडीआई’ मान्यता पाउने राष्ट्र बनेको छ ।

‘ओडीआई’ पाउने १६ राष्ट्रमा यसपालि देखि नेपाल पनि परेको छ । नेपालले बुधवार नेदरल्याण्ड्सविरुद्ध ऐतिहासिक पहिलो एक दिवसीय खेल्दै इतिहास रचिसकेको छ । आन्तरिक नेपाल क्रिकेट संघ ‘क्यान’ भित्रको विवाद, कम श्रोतसाधन, सेवासुविधा बाबजुत पनि नेपाली क्रिकेटले पाएको सफलतमा हामी सबैले गर्व गर्नैपर्छ । 

देशैभर आठ मैदान निर्माणाधीन अवस्थामा छन्, तर कुनै पनि सम्पन्न भइसकेको छैन, सबै मैदान अलपत्र अवस्थामा रहँदा खेलाडीलाई प्रशिक्षणमा अप्ठ्यारो भएकोले पूर्वाधार निर्माणलाई तीव्रता दिन जरुरी छ ।

भनिन्छ ‘आफूसँग जे छ त्यसैमा रमाउन सक्नुपर्छ’, यो उखान टुक्कालाई नेपाली क्रिकेट खेलाडीहरुले आत्मसात गर्दै आइरहेका छन् । उनीहरु सबैको एउटै मात्र गुनासो छ, राम्रो प्रशिक्षण र धेरै भन्दा धेरै प्रतियोगिता खेल्न पाउँ ।

तर, सरकारले नत भने जस्तो प्रशिक्षण दिन सकेको छ, न प्रतियोगिता आयोजना गर्न नै !

नेपाली क्रिकेटले ‘ओडीआई’ खेल्दै गर्दा क्रिकेट खेलको संरचना निर्माणमा भने सन्तोषजनक प्रगति हुन नसकेको गुनासो आउन थालेको छ । 

नेपाली क्रिकेटले अहिले जुन सफलता पाएको छ, पदाधिकारीको विवाद अन्त्य र भौतिक संरचना पनि बन्न सकेको भए अझै क्रिकेटले ठूलै फड्को मार्न सक्ने खेल विज्ञहरुले बताएका छन् । 

यता, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले भने क्रिकेटको संरचना तत्कालका लागि बनेको नदेखिए पनि विभिन्न ठाउँमा यससम्बन्धि पूर्वाधार निर्माण कार्य अगाडि बढिरहेको बताएका छन् । 

‘क्रिकेट संघमा केही वर्षदेखि चलेको विवादका कारण ‘आइसीसी’ले दिने अनुदान तथा खेलाडीले पाउने सेवा सुविधा कटौती भएकाले संरचना निर्माणमा ढिलाइ भएको हो । उनले भने । 
साथै, उनले यस वर्ष खेलकुदमा आएको बजेटमध्ये बढी क्रिकेटमै परेकोले देशका विभिन्न आठ स्थानमा नयाँ क्रिकेट मैदान निर्माण गर्ने जानकारी पनि दिए । 

‘दक्षिण एशियाली खेलकुद ‘साग’ लाई मध्यनजर गर्दै कीर्तिपुर क्रिकेट मैदानको स्तरोन्नती र प्याराफिट निर्माणको कामलाई चाँडै सम्पन्न गर्ने लक्ष्य रहेको छ ।’ उनले लोकपथलाई भने । 
काठमाडौं बाहिर बैतडी, दाङ, विराटनगर, इटहरी र धनगढी लगायतका स्थानमा निर्माणाधीन अवस्थाका क्रिकेट मैदानको काम तीव्ररूपमा अघि बढिरहेको पनि सदस्यसचिव विष्टले जानकारी दिए । 

मुलपानी क्रिकेट मैदान र कीर्तिपुरस्थित त्रिवि मैदान समयमा नै निर्माण हुन नसक्दा अन्तर्राष्ट्रिय रंगशाला नेपालमा अझै बन्न नसकेको अवस्था छ । 

त्यस्तै, ‘क्यान’ का निलम्बित अध्यक्ष चतुरबहादुर चन्दले क्यान विवादपछि ‘आइसीसी’ले दिने अनुदान रोकेकाले संरचना निर्माणमा समस्या परेको बताए । 

देशैभर आठ मैदान निर्माणाधीन अवस्थामा छन्, तर कुनै पनि सम्पन्न भइसकेको छैन, सबै मैदान अलपत्र अवस्थामा रहँदा खेलाडीलाई प्रशिक्षणमा अप्ठ्यारो भएकोले पूर्वाधार निर्माणलाई तीव्रता दिन जरुरी छ ।

साथै, खेलकुद परिषद्मा दक्ष जनशक्तिको अभावले संरचना निर्माणमा ढिलाइ भइरहेको छ ।’ उनले लोकपथलाई भने । 

मुलपानी क्रिकेट मैदान र कीर्तिपुरस्थित त्रिवि मैदान समयमा नै निर्माण हुन नसक्दा अन्तर्राष्ट्रिय रंगशाला नेपालमा अझै बन्न नसकेको अवस्था छ । 

मुलपानीमा दुईवटा क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन लागेको १४ वर्ष नाघिसक्यो । तर, तोकेको समयमा निर्माण सम्पन्न गर्न नसक्दा चौतर्फी आलोचना भइरहेको छ । नेपालले ‘ओडीआई’ खेल्दै गर्दा मुलपानीको दुई मैदानमध्ये एउटा मात्र खेल्न योग्य बनेको छ ।

यसै मैदानमा केही महिनाअघि राष्ट्रियस्तरको प्रतियोगिता भइसकेको छ । भने, अर्कोमा स्थानीयवासीसँगको जग्गा विवाद कायमै छ । 

उक्त विवाद जग्गा सट्टापट्टा गरी समाधान गर्न मन्त्रिपरिषदमा प्रस्तावसमेत पेश भइसकेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषदमा पेश भएको प्रस्तावबारे निर्णय आइनसकेको बताइएको छ । 

सन् १९८८ मा ‘आइसीसी’को सदस्य बनेको नेपालले सन् १९९६ मा एशोसिएट राष्ट्रको मान्यता पाएको थियो ।

गत चैतमा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको थियो । 

क्रिकेट संघको समस्या समाधान गरी घरेलु क्रिकेटको संरचना, भौतिक पूर्वाधार, खेलाडीको वृद्धि विकासमा ध्यान दिँदै चार वर्षका लागि पाएको एक दिवसीय मान्यता निरन्तर टिकाउनुपर्ने चुनौती नेपालमाथि थपिएको छ । 

सरकारले मुलपानीमा निर्माणाधीन क्रिकेट मैदानको कामलाई प्राथमिकताकासाथ अघि बढाइ देशका विभिन्न आठ स्थानमा क्रिकेट मैदान निर्माण गर्ने भनिए तापनि कहिले र कहाँ सम्पन्न गर्नेछ, त्यो भने आगामी दिनमा नै थाहा हुनेछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?