काठमाडौं । कम्वोडियास्थित एक क्यासिनोमा सेक्यूरेटी गार्डमा जागिर लगाइ दिने भन्दै ठगी गर्ने झापा शिवसताक्षीका २४ वर्षीय सुमन बस्नेत गोंगबु नयाँवसपार्कबाट पक्राउ परेका छन् ।
अभियुक्त बस्नेतले मासिक एकलाख तलव हुने भन्दै १९ जनाबाट जनही तीनदेखि पाँचलाखसम्म गरी ८८ लाख ३९ हजार उठाइ ठगी गरेपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उनी विरुद्ध पाँचथर जिल्ल मिकलाजुङका कुलबहादुर गुरुङ लगायत १९ जनाले महानगरीय प्रहरी अपराध महाशाखामा ठगीको उजुरी दिएका छन् ।
बस्नेतले आकर्षक तलव र राम्रो कामको प्रलोभन देखाई १९ जनालाई नै काठमाडौंबाट बैंकक र बैंककबाट कम्वोडिया पु¥याइ अलपत्र पारेका थिए । उनलाई पु-याइ वैदेशिक रोजगार ठगी मुद्धामा कारवाही भइरहेको महाशाखाले जनाएको छ ।
नाम : सुमन बस्नेत
उमेर : २४ वर्ष
स्थायी ठेगाना : जिल्ला झापा शिबसताक्षी न.पा.वडा नं ०९
अस्थाई ठेगाना : जिल्ला काठमाण्डौं गोंगबु नयाँ बसपार्क
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया