सल्यान : गत अार्थिक बर्षमा सल्यान जिल्लाका किसानले ६० करोड रूपैयाँ बराबरको खसीबोका बिक्री गरेका छन् । जिल्ला पशुसेवा कार्यालयका अनुसार अघिल्लो साउन १ गतेदेखि गत असार मसान्तसम्म जिल्लाबाट ५० हजार वटा खसीबोका अन्य जिल्लामा पठार्इएको छ ।
अधिकांश किसानले बाख्रापालन गरिरहेको सल्यानमा एउटा खसीबोकाको सरदरमा १२ हजार रूपैयाँमा बिक्री हुने गरेको छ। सल्यानका किसानले अाैषतमा प्रतिघरधुरी ५ वटा बाख्रापालन गरिरहेको पशुसेवा कार्यालयले जानकारी दिएको छ ।
संघीय राजधानी काठमाडाैं, चितवन, पोखरा र धनगढी लगायत मासुको उच्च खपत हुने देशभरका सहरहरूमा सल्यानको खसीबोका निकाशी हुने गरेको छ। देशका अन्य क्षेत्रको तुलनामा पर्याप्त चरन क्षेत्र रहेको सल्यानका खसीबोकाको माग बढि छ ।
सरकारले बाख्रा पालनका लागि सल्यानका किसानलार्इ बजारीकरणका लागि संकलन केन्द्र सञ्चालनमा सहयोग, खोर सुधार अनुदान, उन्नत घाँसको बीउ बेर्ना वितरण, रोगविरुद्ध निःशुल्क खोप सेवा र कृत्रिम गर्भाधान सेवा उपलब्ध गराउँदै अाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया