एजेन्सी : चीनको पहिलो विशेष आर्थिक क्षेत्र(स्पेसल इनकोनोमिक जोन–सेज)को अर्थतन्त्र सिंगापुरको अर्थतन्त्र बराबर हुन पुगेको छ ।
४० वर्ष पहिले दक्षिणी चीनमा स्थित पहिलो सेज शेनजेनका माझीहरूले जोखिम मोलेर कामको खोजीमा छिमेकी हंगकंग पुग्ने गर्दथे ।
सन् १९८०मा चिनिँया नेता देङ सियाओपिङले चीनको पहिलो सेज शेनजेनमा स्थापना गरेपछि यसको स्वरूप फेरिन शुरू भयो ।
शेनजेनको संग्रहालयमा त्यतिखेरका तस्वीरहरू राखिएका छन् ।८० र ९०को दशकमा शेनजेनमा स्थापित कारखानामा काम गर्न टाढा टाढाबाट मजदुरहरू आउने गरेका थिए । उनीहरू सस्तो ज्यालामा काम गर्ने गर्दथे ।
आज शेनजेनलाई चीनको सिलिकन भ्याली वा दुनियाँकै हार्डवेयरको केन्द्र भनेर सम्बोधन गर्ने गरिएको छ ।
शेनजेन विश्वकै सबैभन्दा युवा शहरहरूमध्ये एक हो ।यहाँ सिर्जनशीलता, प्रविधि, कृत्रिम बौद्धिकता, जैविक प्रविधि क्षेत्रका अनुसन्धान र व्यवसाय हुने गरेको छ ।
यो दुनियाँको सबैभन्दा व्यस्त बन्दरगाहरू मध्ये एक हो । एक आँकडा अनुसार शेनजनको अर्थतन्त्र हंगकंग र सिंगापुरको अर्थतन्त्र बराबर हुन पुगेको छ ।
गगनचुम्बी महलहरूको सूची अनुसार विश्वका सबैभन्दा १०० अग्ला गगनचुम्बी महलहरू मध्ये ५ शेनजेनमै पर्छ ।
यसको विकासमा यहाँ उपलब्ध सस्तो श्रमको भूमिका रहेको छ । जुनसुकै क्षेत्रको कामका लागि आवश्यक जनशक्ति यहाँ सस्तो दरमा उपलब्ध छ ।
यहाँका टेन्सेन्ट, जेडटीई र वावेजस्ता कम्पनीले विश्वमै पहिचान कायम गरेका छन् ।वावेले अनुसन्धानमा १४ अर्ब अमेरिकी डलर बराबरको खर्च गत वर्ष गरेको थियो ।
यहाँ उपकरण खरिद गरी परीक्षण गरी र उत्पादनलाई बजारमा जति छिट्टो ल्याउन सक्नु हुन्छ त्यति छिट्टो तपाई कतै पनि ल्याउन सक्नु हुन्न् ।
युरोपको मिलान ग्लामोचिकले ४ वर्ष अघि रोबोटिक्स सिकाउने स्कूल खोल्यो । उसले यहाँ ५ देखि १२ वर्षका बालबालिकाहरूलाई साइन्स, इन्जिनियरिंग, कम्प्युटर साइन्स, रोबोटिक्सको शिक्षा दिइरहेको छ ।
यहाँ एक घन्टाको पढाईका लागि हजार रूपैया तिर्नु पर्ने भएकाले यहाँ धनाढ्यका छोराछोरी मात्र पढ्न आउने गरेकाछन् ।
मिलानले अमेरिकाको सिलिकन भ्याली जस्ता विश्वका अन्य कतिपय शहरमा काम गरिसकेको छ । उसका अनुसार शेनजेनको तीव्रतासँग ताल मिलाउनु सजिलो भने छ्रैन् ।
यहाँको ह्वा छियाङ पेइ बजारमा सबै किसिमका इलेक्ट्रनिक समान पाइन्छ । मोबाइल,ड्रोन,चिप्सजस्ता जुनसुकै वस्तु उपलब्ध छ तर यहाँ मोलमोलाईको सीप आवश्यक हुन्छ ।
सन् १९७९मा यहाँको अर्थतन्त्र ३ करोडअमेरिकी डलर बराबर थियो । २०१५मा २५६ अर्ब अमेरिकी डलर पुग्यो ।
भारतीय कम्पनीहरूले पनि यहाँ त्यतिकै व्यवसाय गरी बसेकाछन् । लावा मोबाइलले २००९मा यहाँ अनुसन्धान तथा विकास विभाग खोलेको थियो ।
लावाको बजार नेपाल,श्रीलंका, मध्यपूर्व ,मेक्सिको , र अफ्रिकामा रहेको छ ।यहाँका अफिसहरूमा आराम गर्नका लागि एक घन्टा आराम गर्न खाट उपलब्ध हुन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया