डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ रल्लीमा रहेको महाकवि आधारभूत विद्यालयको कक्षा पाँचमा एक विद्यार्थीलाई पढाउन पाँच शिक्षक खटिएका छन् ।
विद्यालयमा पनि पाँचै शिक्षकको दरबन्दी छ ।
स्थापनाकालदेखि उक्त विद्यालयमा कक्षा कोठा, खानेपानी र शौचालय नहुँदा दैनिक समस्य पर्दै आएको छ ।
विद्यालयको समस्या समाधान नभएको भन्दै विद्यालय छोडेर एक घण्टा बाटो हिँडेर त्रिपुराकोट बगरमा रहेको फोक्सुन्डो मदरल्यान्ड बोर्डिङ स्कुलमा अधिकांश विद्यार्थी जाने गरेको अविभावक भीमबहादुर उखेडाले बताए ।
विद्यालयमा पढाउने केही शिक्षकले पनि छिमेकी गाउँको विद्यालयमा पढाइरहेको शिक्षिका रामकुमारी शाहीले जानकारी दिइन् । विद्यालयका प्रधानाध्यापक पुष्पराज महत र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पन्नबहादुर नेवारले विद्यालयको अवस्था सुधारका लागि खासै चासो नदिएको उनको आरोप थियो ।
विद्यार्थी र शिक्षकले खुला ठाउँमा दिसा र पिसाब गर्ने गरेको स्थानीयवासीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया