व्यापार युद्धमा अमेरिकालाई धराशायी पार्ने चिनियाँ दाउ

एजेन्सी : विश्वको पहिलो र दोस्रो ठूलो अर्थतन्त्र भएको देश अमेरिका र चीनबीच जारी व्यापार युद्ध अहिले वस्तुहरूमा महशुल थप्ने कार्यमा सिमित रहेको छ ।

दुबैले एक अर्काको उत्पादनमाथि महशुल थप्ने काम गरिरहेका छन् । 

चीनसँग अमेरिकालाई व्यापार युद्धमा पराजित गर्ने चार महत्वपूर्ण हतियार रहेको देखिएको छ ।

पहिलो हतियार चीनले अमेरिकी कम्पनीहरूका लागि समस्या खडा गर्नु हो ।

अमेरिकीक कम्पनीहरूका लागि भन्सारमा बाधा गर्न सक्छ भने निर्यात करमा बृद्धि गर्न सक्छ । महशुल बढाउने बाहेक अन्य कुनै उपाय उपयोग गरे दुबै देशलाई बेफाइदा हुने देखिएको छ ।

अर्को हतियार अमेरिकालाई एक्ल्याउनु रहेको छ । चिनियाँ राष्ट्रपतिसँग सत्तामा रहन अहिले धेरै समय बाँकी छ । उनले हतारमा कुनै निर्णय नलिने नीति लिन सक्छन् ।

चीनले अन्य व्यापारिक देशको खोजी गरिरहेको छ । यसबाट अमेरिकालाई एक्ल्याउने बाटो चीनलाई प्राप्त हुन्छ ।

युरोप र एसियाका अतिरिक्त चीनले ल्याटिन अमेरिकासँग पनि व्यापारिक सम्बन्धी विस्तार गर्न खोजेको छ ।

अर्को उपाये आफ्नो मुद्रा युयानको मुल्य घटाउनु रहेको छ ।

अमेरिकालाई पाठ सिकाउनका लागि चीनले युयानलाई अवमूल्यन गर्न सक्नेछ । तर कतिपयले यो बाटो चीनका लागि पनि समस्या उत्पन्न गराउनेछ ।

तर यसो गर्दा चीन भन्दा बढी अमेरिकालाई नोक्सानी हुने हुनेछ ।

ट्रेजरी बन्डमा रोक लगाउने उपाय पनि चीनको हतियार हो । ट्रेजरी बन्डलाई सुरक्षित लगानी मानिन्छ ।

चीनमाथि दबाब बढाइए ट्रेजरी बन्ड बेच्न सकिन्छ वा खरिद गर्न नै रोक्न सकिन्छ ।

यसबाट अमेरिकी अर्थतन्त्रमा धक्का पुग्ने भएपनि यसको असर चीनलाई पनि पर्नेछ ।

नोबेल पुरस्कारबाट सम्मानित विद्वान जोसेफ स्टिगलिजट्सले चीनलाई व्यापार युद्धमा अमेरिकामाथि जीत हात पार्न अन्य कतिपय तरिका रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?