फेसबुकका सेक्युरिटी प्रमुखद्वारा राजीनामा

एजेन्सी: फेसबुक कम्पनीको सेक्युरिटी सम्बन्धी विभागका प्रमुख एलेक्स स्टामोसले कम्पनी छोडेका छन् ।

उनको राजीनामाबारे चर्चा मार्च महिनामा देखिएको थियो ।

फेसबुकले आफ्नो सेक्युरिटी विभागलाई पुनर्सरचना गर्ने जनाएपछि उनको राजीनामा आउने देखिएको थियो ।

सन् २०१५ देखि स्टामोस फेसबुकमा कार्यरत रहेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?