एजेन्सी : फ्रान्सका विधायकहरूले स्कूलमा स्मार्टफोन र ट्याब्लेट ल्याउन प्रतिबन्ध लगाउने एक विधेयकलाई पारित गरेका छन् ।
विद्यार्थीहरूलाई स्कूलमा स्मार्टफोन बोक्न बन्देज लगाउने गरि ल्याइएको सो विधेयकलाई सोमबार पारित गरिएको हो ।
बालबालिकामा स्क्रिनको लत लाग्ने गरेको पाइएको र यो बालबालिकाहरूको भविष्यका लागि राम्रो नभएकाले यस्तो कानुन बनाउनु परेको फ्रान्सका शिक्षा मन्त्री जीन माइकल ब्लाकरले बताए ।
उनले भने “ हाम्रो मुख्य जिम्मेवारी बालबालिका र किशोर किशोरीहरूलाई सुरक्षा प्रदान गर्नु हो । शिक्षा क्षेत्रमा यसका लागि यो कानुनले सुरक्षा प्रदान गर्छ ।”
सन् २०१७मा राष्ट्रपति पदको निर्वाचन लड्दा इम्मानुएल म्याक्रनले आफू जिते स्कूलमा फोन बन्देज लगाउने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया