कक्षा १२ को परीक्षाफल सार्वजनिक, यसरी हेर्नुस् नतिजा

भक्तपुर :  राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ । 
ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक भएको नतिजामा  ३.६१ देखि ४ जीपीए ल्याउनेमा ११ हजार १६९ परीक्षार्थी रहेका छन् । यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने ११,२२१, २.०१ देखि २.८० जीपीए ल्याउनेमा ५८,३४५, २.०१ देखि २.४० ल्याउने ९०,२९९ परीक्षार्थी रहेका छन् । 

यस्तै १:६१देखि २.० ल्याउने ६६,४३८, १.२१ देखि १.६० ल्याउने २२, ७३४, ०.८१ देखि १.२० ल्याउने ४४८८ र ०.०० देखि ०.८० जीपीए ल्याउने १९९ जना रहेका छन् ।

त्यस्तै परीक्षामा कुनै एक विषयमा अनुपस्थित रहेका १७ हजार ४० विद्यार्थी छन् । आंशिकतर्फ एक लाख १७ हजार ४१४ परीक्षार्थी सहभागी रहेकामा ४१ हजार ३२५ अर्थात् ३५.२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डका उपाध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । 

राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np शिक्षा मन्त्रालयको www.moe.gov.np र नेपाल टेलिकमको www.ntc.net.np मार्फत परीक्षा नतिजा हेर्न सकिनेछ । 

यस्तै, नेपाल टेलिकमको मोबार्इलबाट १६०१ मा एसएमएस गरेर वा टेलिकमकै अार्इभीअार सेवा १६०१ मा डायल गर्दा प्राप्त हुने निर्देशनअनुसार पनि परीक्षा नतिजा थाहा पाउन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?