शरदले किन नखेल्ने भए दोस्रो ‘ओडीआई’ ?

काठमाडौं । नेदरल्याण्ड्सविरुद्धको दोस्रो एकदिवशीय क्रिकेट सिरिजमा नेपालका अर्का अलराउण्डर शरद भेषवाकरले नखेल्ने भएका छन् । 
 
शुक्रबार हुने ‘ओडीआई’ मा शरदले नखेल्ने भएका हुन् । पहिलो एक दिवशीय क्रिकेट खेलका दौरान फिल्डीङ गर्ने क्रममा उनलाई औलामा चोट लागेको थियो । 

चोटका कारण आफ्नो अर्डरमा ब्याटिङमा नआउँदा नेपाल दबाबमा परेको थियो । बुधबार सम्पन्न भएको पहिलो एकदिवशीय खेलमा नेपाल नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?