जुडो खेलाडी विशेष प्रशिक्षणका लागि हंगेरी प्रस्थान

काठमाडौं । आसन्न ‘एशियाड’को तयारीका लागि विशेष प्रशिक्षण लिन जुडो खेलाडीसहितको टोली हंगेरी प्रस्थान गरेका छन् । 

विशेष प्रशिक्षणका लागि हंगेरी प्रस्थान गर्नुअघि नेपाली टोलीले थाइल्यान्डमा हुने इन्टरनेसनल जुडो र नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपमा सहभागिता जनाउने बताइएको छ । 

बिहीबारै प्रस्थान गर्ने १० खेलाडीहरु र ४ अफिसियल रहेका छन् । खेलाडीसहितको टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिब केशव बहादुर विष्ट, जुडो संघका अध्यक्ष अध्यक्ष दीपकहर्ष बज्राचार्यले एक कार्यक्रमकाबीच बिदाई गरेका थिए । 

नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिप अगस्ट ४ र ५ तारिखमा हुनेछ । ८ तारिखमा नेपाल हंगेरीको बुढापेस्ट प्रस्थान गर्नेछ । त्यसपछि नेपालले अगस्ट १० देखि १२ मा हुने बुढापेस्ट ग्रान्ड प्रिक्स–२०१८ मा सहभागिता जनाउने नेपाल जुडो संघले जानकारी दिएको छ । 

यि दुवै प्रतियोगिताको लागि जापानमा प्रशिक्षणरत रहेकी ‘साग’की स्वर्ण पदक विजेता फुपुल्हामु खत्रीलाई सहभागिता गराउन नसकिएको अध्यक्ष बज्राचार्यले जानकारी बताए ।

फुपु जापानबाटै इन्डोनेसिया प्रस्थान गर्नेछिन् । हंगेरीको विशेष प्रशिक्षणपछि नेपाली जुडो टोली २५ अगस्टमा इन्डोनेसिया प्रस्थान गर्नेछ । थाइल्यान्ड जाने टिममा ‘एशियाड’ खेल्ने पुरुषतर्फ इन्द्रबहादुर श्रेष्ठ, सन्जित डंगोल, श्रीराम मकाजु र रविन श्रेष्ठ छन् ।

त्यस्तै, महिलातर्फ देविका खड्का, मनिता श्रेष्ठ प्रधान र पुनम श्रेष्ठ छिन् । सुमित्रा राई, सन्जय महर्जन र उमेश मगर छन् । सुमित्रा राई र सन्जय महर्जन एसियाडका लागि वैकल्पिक खेलाडीको रुपमा छनोट भएका खेलाडी हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?