बंगलादेशको राजधानी तनावग्रस्त, जनजीवन प्रभावित

ढाका: विगत चार दिन देखि बंगलादेशको राजधानी ढाकाको सडकमा उत्रिएका विद्यार्थीहरूका कारण यातायात पुरै अवरुद्ध भएको छ ।

 राजधानीसँगै देशका विभिन्न भागमा अहिले विद्यार्थीहरूको प्रदर्शन जंगली आगोको रूपमा फैलिएको छ।

प्रदर्शनकारीहरू आफ्ना माग पूरा नहुँदासम्म ढाकाको सडक नछाड्ने अडान लिइरहेको बंगलादेशी सञ्चार माध्यमहरुमा उल्लेख गरिएको छ ।  
 

प्रदर्शनमा कम्तीमा २० जना घाइते भएका छन्। आज पनि देशभरका सम्पूर्ण शिक्षण संस्थाहरू बन्द रहेका छन्।

आइतबार विमानस्थल अगाडि बाटो काटिरहेका दुई विद्यार्थीलाई बसले ठक्कर दिएर मृत्यु भएपछि सुरु भएको विद्यार्थी आन्दोलनले देशव्यापी रूप लिएको हो।

आन्दोलनकारीहरुले ७० भन्दा बढी गाडी तोडफोड गरेका छन् साथै यातायात मन्त्रीको पुत्लासमेत जलाएका छन्। 

आइतबार भएको दुर्घटनामा दुई विद्यार्थीको मृत्यु हुनुका साथै ९ जना घाइते भएका थिए।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?