काठमाडौं: नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले एकैपटक ६ वटा ट्वीनअटर विमान खरिदका लागि सरकारसँग ५ अर्ब रुपैयाँको माग गरेको छ ।
वायुसेवा निगमले चुक्तापुँजीमा रहने गरी ५ अर्ब रुपैयाँ उपलब्ध गराउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव गरेको हो ।यो पर्यटन हुँदै प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ । अर्थ मन्त्रालयले सहमति दिएपछि मात्र यो प्रस्ताव मन्त्रिपरिषद्मा पुग्नेछ । त्यसैकारण अब चुक्तापूँजी बढाएर त्यसलाई जहाजको संख्या वृद्धिमा लाग्नुपर्ने तर्क निगम व्यवस्थापनको छ ।
अधिकारीले आफ्नो सय दिने कार्ययोजनामा ६ वटा ट्वीनअटर विमान किन्न निगमलाई सैद्धान्तिक स्वीकृति दिने उल्लेख गरेका थिए जसअनुसार अहिले निगमका लागि ६ वटा नयाँ विमान किन्नका लागि प्रक्रिया अघि बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया