युरोपमा गर्मीको रेकर्ड भंग हुने

एजेन्सी :युरोपमा यतिखरे गर्मीको तापमान यसरी उक्लिरहेको छ जसले ४१ वर्ष पुरानो रेकर्डलाई भंग गर्न सक्ने अनुमान गरिएको छ ।

गर्मीबाट युरोपका बासिन्दा पीडित हुन पुगेकाछन् । मौसम पूर्वानुमान विज्ञहरूका अनुसार केही दिनमा यो रेकर्ड भंग हुने छ ।

युरोपमा सबैभन्दा बढी गर्मी हुने रेकर्ड सन् १९७७को जुलाईमहिनाको हो ।

त्यतिखेर ग्रिसको एथेन्स शहरमा ४८ डिग्री तापमान रेकर्ड गरिएको थियो ।

स्पेन र पोर्चुगलमा तापमान तीव्रगतिले बढिरहेको छ ।

यो गर्मीको कारण अफ्रिकाबाट बगेर आउने हावालाई मानिएको छ ।

मौसमविद्हरूका अनुसार युरोपका केही क्षेत्रमा अझ गर्मी बढनेछ ।

यसले ४१ वर्ष पुरानो रेकर्ड भंग हुने उनलीहरूको अनुमान छ ।

स्पेनको राष्ट्रिय मौसम सेवा विभागले आइतबारसम्मको चेतावनी जारी गरेको छ ।

आगामी दिनमा तातो हावा विशेषरूपले तीव्र हुनेछ ।

तातो हावाबारे चेतावनी पोर्चुगल र स्पेनका लागि गरिएको छ ।

सनु २००३मा पोर्चुगलमा ४७.४ डिग्री सेल्सियस र सन् २०१७मा ४७.३ डिग्री सेल्सियस तापमान रेकर्ड गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?