एजेन्सी : दिल्ली महिला आयोग र दिल्ली प्रहरीको संयुक्त टोलीले दिल्लीको पहाडगञ्जको एक होटलबाट ३९ जना महिलाको उद्धार गरेको छ ।
उनीहरूलाई त्यहाँ २५ दिनदेखि राखिएको थियो ।
यो सातामा गरिएको यो तेस्रो खोजी अभियान हो । प्रहरीको तीन अपरेशनमा गरी ७१ महिलालाई उद्धार गरिएको छ ।
ती मध्ये २ जना दार्जिलिंगका महिला रहेको जनाइएको छ ।
यसअघि गरिएका दुई छापामा १६ र १८ नेपाली महिलाको उद्धार गरिएको थियो ।
उद्धार गरिएका महिला १८ देखि ३० वर्ष उमेरका रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया