लुका मोड्रिचलाई भित्राउने इन्टर मिलानको इच्छा

स्पेन । क्रोएशियाका कप्तान लुका मोड्रिचलाई इन्टर मिलानले क्लबमा भित्राउने इच्छा देखाएको छ । 

स्पेनी क्लब रियल म्याड्रिडबाट व्यवसायिक क्लब खेल खेलिरहेका उनको सरुवा रकम झन्डै तेब्बरले बढाएको हो ।  रियलले आफ्ना स्टार खेलाडीलाई किन्न चाहेमा सरुवाको विश्व कीर्तिमानी रकमको झन्डै तेब्बर ७ सय ५० मिलियन युरो तिर्नुपर्ने रकम तोकेको हो ।

रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजलेले उनलाई कसैले भित्राउन प्रयास नगरुन भन्नका लागि चर्को मुल्य तोकेको बताइएको छ । 

यो मुल्य पछि मोड्रिच लिने योजनाबाट क्लबहरु पछि हट्ने सम्भावना छ ।

रसिया विश्वकपबाट मोड्रिच स्टारको रुपमा चिनिएका थिए । उनले क्रोएसियालाई विश्वकपमा फाईनलसम्म  पुर्‍याउन महत्वपुर्ण भुमिका खेलेका थिए । तर, फाइनल खेलमा क्रोएसिया फ्रान्ससँग ४–२ ले पराजित भएको थियो ।

३२ बर्षीय मोड्रिचले विश्वकपमा उत्कृष्ट प्रदर्शनका कारण गोल्डेन बल जितेका थिए । इन्टर मिलनले ‘सिरी ए’ र युरोपियन च्याम्पियनका लागि उनलाई भित्राउन लागेको बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?