बलिउडमा  खेलाडीहरुको बायोपिक बनाउने होड

 काठमाडौँ । बलिउडमा  खेलाडीहरुको बायोपिक बनाउने होड चलिरहेको छ ।

क्रिकेटर महेन्द्र सिंह धोनीको बायोपिक हिट भएपछि निर्माता निर्देशकहरु अन्य राष्ट्रिय स्तरका चर्चित खेलाडीहरुको पछि दौडिरहेका छन् ।

हालै भारतीय हक्की टिमका पूर्व कप्तान सन्दीप सिंहमाथि बायोपिक ‘सुरमा’ निर्माण भयो । यसका अलावा अभिनेतत्री श्रद्धा कपुरलाई लिएर ब्याडमिन्टन खेलाडी साइना नेहवालको बायोपिक बनिरहेको छ ।अब पालो आएको छ सानिया मिर्जाको । चर्चित टेनिस खेलाडी सानिया मिर्जामाथि प्रोड्यूसर रानी स्क्रुवालाले बायोपिक बनाउन लागेकी हुन् ।

यसका लागि उनले सानियासँग सहमति  लिइसकेकी छन् । सानियामाथि फिल्म बनाउन अरु  थुप्रै निर्माताले प्रयास गरेतापनि रानीले बाजी हात पारेकी छिन् 

यो फिल्ममा सानियाको टेनिस करिअर तथा व्यक्तिगत जिवनलाई प्रस्तुत गरिनेछ । सानियाले ६ वर्षको उमेरदेखि नै टेनिस खेल्न थालेकी हुन् ।

 उनले टेनिसमा भारतकै प्रतिनिधित्व गर्दै आएकी छन् ।  सन् २००३ मा उनले महिलाहरुको बिम्बल्डन डबल्सको टाइटल जितेकी थिइन् ।

भारत सरकारले सानियालाई विभिन्न पुरस्कार तथा पदकहरुले सम्मानित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?