विद्यालयमा शिक्षकको अभाव, ट्यूशन पढ्नै पर्ने बाध्यता

रोल्पा:  रोल्पाको ग्रामीण क्षेत्रका विद्यालयमा राम्रो पढाइ नभएपछि अध्ययन गर्ने विद्यार्थी ट्यूशन पढ्न सदरमुकाम आउनु पर्ने बाध्यता छ । 

विद्यालयले समयमै पढार्ई पूरा नगर्ने तथा योग्य शिक्षकको व्यवस्था नभएकाले थप रकम खर्च गरेर ट्यूशन पढ्न बाध्य भएको विद्यार्थीहरूको गुनासो छ । 

विद्यालयले वर्षे बिदा दिएसँगै ट्यूशन पढ्न आउने विद्यार्थीका कारण यतिबेला सदरमुकाममा रहेका कोचीङ सेन्टर भरिभराउ देखिएका छन् । जिल्ला सदरमुकाममा सञ्चालित चार कोचीङ सेन्टरले बिहानी तथा दिवा कक्षामा सयौँ विद्यार्थीलाई पढाइ रहेका छन् । 

विद्यालयमा पढाएको बुझ्न गाह्रो भएकाले सदरमुकाम आइ ट्यूशन पढ्न बाध्य भएको विद्यार्थीहरु बताउछन् । 

ग्रामीण क्षेत्रका विद्यालय अध्ययन गरेका अधिकांश विद्यार्थीको पढाइको स्तर कमजोर देखिएको गोल्डेन ट्यूशन सेन्टरका शिक्षक पृथ्वी डाँगीले जानकारी दिए। आफूले कक्षा ८, ९, १० र एसइईका करीब ५०० विद्यार्थी पढाइरहेको उनको छ । 

सामुदायिक विद्यालय खुल्नेभन्दा धेरै दिन बन्द हुननाका साथै कहिले शिक्षक नहुने, समयमा पाठ्यपुस्तक नपुग्ने तथा विभिन्न बहानामा विद्यालय बन्द भइरहँदा पढाइमा सुधार हुन नसकेको विद्यार्थीहरूको भनाइ छ । 

जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा दरबन्दी अनुसारको शिक्षकको पनि अभाब रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?