उत्तर कोरियाका आणविक कार्यक्रम जारी- संयुक्त राष्ट्रसंघ

एजेन्सी: संयुक्त राष्ट्रसंघले उत्तर कोरियाले पारमाणविक र क्षेप्यास्त्र कार्यक्रमहरूलाई निरन्तरता दिइरहेको जनाएको छ।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले तयार पार्न लगाएको एउटा अध्ययन प्रतिवेदनले राष्ट्रसंघीय प्रतिबन्धको उल्लंघन गर्दै उत्तर कोरियाले आफ्ना पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिएको उल्लेख गरिएको छ । 

प्योङयाङले जहाजबाट गैरकानूनी रूपमा पेट्रोलियम पदार्थको ओसारपसारलाई व्यापक रूपमा बढाएको र विदेशमा अस्त्र बेच्ने प्रयास पनि गरिरहेको सो प्रतिवेदनले उल्लेख गरेको छ।

स्वतन्त्र विज्ञहरूको समूहले उक्त गोप्य अध्ययन प्रतिवेदन सुरक्षा परिषद्लाई शुक्रवार बुझाएको हो।

उत्तर कोरियाले उक्त प्रतिवेदनका नतिजाबारे अहिलेसम्म कुनै टिप्पणी गरिसकेको छैन।
प्रतिवेदनका अुनुसार उत्तर कोरियाले आफ्ना पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमहरू रोकेको छैन र गैरकानूनी रूपमा जहाजबाट पेट्रोलियम पदार्थको ओसारपसारलाई व्यापक रूपमा बढाउनुका साथै सन् २०१८ मा कोइला ओसारपसार गर्दै सुरक्षा परिषद्को प्रस्ताव उल्लंघन गर्ने कामलाई निरन्तरता दिइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?