काठमाडौं । दावा शेर्पाले सूर्य नेपाल गोकर्ण मनथ्ली मेडलको उपाधि जित्न सफल भएका छन् ।
गोकर्ण गल्फ क्लबमा शनिबार २३ ह्यान्डिक्याप खेल्दै उनले छैठौं शंस्करणको उपाधि जितेका हुन । शेर्पाले ९ अण्डर ६३ को स्कोर गर्दै उपाधिमाथि कब्जा जमाएका हुन ।
त्यस्तै, आंङदेण्डी शेर्पा र सोनाम नोर्बु लामाले समान रुपमा ५ अण्डर ६७ को स्कोर गरे । ब्याक नाइनमा आंङदेण्डीले सोनामलाई पछि पार्दै उपविजेता बनेका हुन।
यता, सुरेन्द्र फुयाँलले ‘बेस्ट ग्रस’को उपाधि हात पारे । मायंक ढकालले जुनियरतर्फ ‘बेस्ट ग्रस’को उपाधि जिते । ३८ खेलाडी सहभागि यो प्रतियोगिता सूर्य नेपालले प्रायोजन गरेको हो ।
उपाधि विजेतालाई गोकर्ण गल्फ क्लबका अध्यक्ष शुरीद घिमिरेले पुरस्कार वितरण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया