एजेन्सी :भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो विस्फोटक ड्रोन आक्रमणबाट जोगिएको त्यहाँका सरकारी अधिकारीहरूले बताएका छन् ।
राष्ट्रपति मदुरोले काराकासमा एक लाइभ टेलिभिजन कार्यक्रममा सम्बोधन गरिरहेका बेला सो ड्रोन आक्रमण भएको अधिकारीहरूले जनाएका छन् ।
भेनेजुएलाका सञ्चार मन्त्री जोर्ज रोड्रिगुजले राष्ट्रपतिको हत्या गर्ने प्रयासमा गरिएको ड्रोन आक्रमणमा सात जना सैनिक घाइते भएको बताए ।
सेनाको एक बाहिरी कार्यकक्रमलाई राष्ट्रपति सम्बोधन गरिरहेका बेला दर्जनौ सैनिक कुदिरहेको प्रसारणमा देखिएको छ ।
प्रसारणको फुटेजमा ठूलो विस्फोटको आवाज सुनिन्छ । यो कार्यक्रम भेनेजुएला सेनाको ८१औं वार्षिकोत्सवमा आयोजना गरिएको थियो ।
विस्फोटक राखिएको ड्रोनहरू राष्ट्रपति नजिक विस्फोटन भएको थियो ।
दक्षिण समूहले यो आक्रमण गराएको आरोप सञ्चार मन्त्रीले लगाएका छन् ।
गत मे महिनामा राष्ट्रपति मदुरो ६ वर्षे दोस्रो पदावधिका लागि निर्वाचनमा जितेका थिए ।
अहिलेसम्म कुनै समूहले यो हत्या प्रयासका जिम्मा लिएको छ्रन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया