एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले बास्केटबलका खेलाडी लेबर्न जेम्सको प्रसंशा गरेकी छिन् ।
पति ट्रम्पले जेम्सलाई ट्विटरमा घन्टौ अघि अपमानित गरेपछि पत्नी ट्रम्पले जेम्सको प्रसंशा गरेकी हुन् ।
एक अन्तर्वार्तामा जेम्सले ट्रम्प विभाजनकारी रहेको र नश्लवादलाई उकासेको आरोप लगाएका थिए ।
जेम्सको यो अन्तर्वार्ताको प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले जेम्सको बुद्धिमा प्रश्न उठाएका थिए ।
उनले ट्विटे “राष्ट्रिय बास्केटबल संघका खेलाडीलाई राम्रो देखिन सजिलो छैन् ।”
तर पत्नी ट्रम्पकी प्रवक्ताले जेम्सले राम्रो गरिरहेकी टिप्पणी गरिन् । उनले भनिन् “ पत्नी ट्रम्प जेम्ससँग समस्यामा परेका बालबालिकाहरूको विषयमा खुला संवाद गर्न चाहन्छिन् ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया