एजेन्सी : चिनियाँ सरकारको कटु आलोचक मानिएका कलाकार आइ वेइवेइको बेइजिंगस्थित स्टूडियो बिना पूर्व जानकारी ध्वस्त पारिएको जनाएका छन् ।
आईले यो स्टूडियो तोड्न आफूलाई पूर्व जानकारी दिनुपर्नेमा नदिएको जनाउँदै त्यसको फोटो इन्स्टाग्राममा साझा गरेकाछन् ।
यसअघि सन् २०११मा संघाईमा रहेको स्टूडियो ध्वस्त पारिएको थियो । त्यतिबेला पनि उनलाई यसबारे पूर्व जानकारी दिइएको थिएन् ।
६६ वर्षीय कलाकार आई सन् २०१५ देखि जर्मनीमा बस्दै आएका छन् ।
चीनका सर्वाधिक प्रसिद्ध कविहरू मध्ये एकका छोरा आइले सन् २००८मा ओलम्पिकका लागि बर्ड्स नेस्टको डिजाइन गरेका थिए ।
तर त्यसपछि उनले चिनियाँ सरकारको आलोचना गर्दै कटु आलोचकको रूपमा स्थापित भएका छन् ।
सन् २०११मा उनलाई गिरफ्तार गरी केही महिनासम्म जेल हालिएको थियो ।
उनको राहदानी जफत गरिएको थियो । त्यसपछि सन् २०१५मा जर्मनको बर्लिन गएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया