स्वास्थ्य चौकीमा जाँच गर्ने गर्भवतीलाई १० वटा अण्डा

तेह्रथुम : म्याङलुङ नगरपालिका–९ वडा कार्यालयले गर्भवती महिलालाई प्रोत्साहनस्वरुप अण्डा वितरण गर्न थालेको छ ।

गर्भवती हुँदा महिलाको हेरचाहमा ध्यान पु-याउन तथा नियमित गर्भपरीक्षणका लागि सन्देश प्रवाह गर्ने उदेश्यले वडा कार्यालयले यस्तो कार्यक्रम ल्याएको हो । 

स्वास्थ्य चौकीमा गर्भ जाँच गर्न आउने महिलालाई प्रतेक पटक १० वटाका दरले अण्डा प्रदान गर्ने कार्यक्रम राखिएको वडाध्यक्ष राजेन्द्र तामाङले बताए ।

यो कार्यक्रमले गर्भवती महिलालाई नियमित स्वास्थ्य परीक्षण गराउन र स्वास्थ्यको ख्याल गर्न प्रोत्साहन मिल्ने उनको भनार्इ छ । 

एक गर्भवती महिलाले अनिवार्य चार पटकसम्म गर्भ जाँच गराउनुपर्छ । चार पटक गर्भ जाँच गराउने गर्भवतीले ४० वटा अण्डा पाउने महिला वडा सदस्य हर्कमाया श्रेष्ठले बतार्इन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?