जेलमै बसी बसी लाखौं चोर्ने कैदीहरू

एजेन्सी:इदाहो जेलका सैयौं कैदीहरूले जेलको सफ्टवेयरलाई काटेर (ह्याक) रकम आआफ्ना खातामा पु-याएका छन् ।

उनीहरूले २ लाख २५ हजार अमेरिकी डलर बराबरको रकम चोरेर आफ्ना खातामा जम्मा गरेका हुन् ।

इदाहोका ३६४ जना कैदीहरूले जेलको टेकनलजि सिस्टम ह्याक गरेर सो रकम चोरेको सम्बद्ध अधिकारीहरूले जनाएका छन् ।

५० जना कैदीहरू १ हजार अमेरिकी डलरभन्दा बढी र अन्यले ९हजार ९९० अमेरिकी डलर आआफ्ना खातामा ट्रान्सफर गरे ।

चोर्ने मनसाय राखेर नै चोरी गरिएको हो ।

अधिकारीहरूका अनुसार अहिलेसम्म ६५ हजार अमेरिकी डलर बराबरको रकम जेपेले फिर्ता लिनसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?