माछा मार्न जाँदा पानीमा डुबेर मृत्यु

धनकुटा : सिथुङ तालमा माछा मार्न गएका चाैबिसे गाउँपालिका-२ का ३४ बर्षीय धर्मेन्द्र मगरको तालमा डुबेर मृत्यु भएको छ । 

धनकुटा र छिमेकी जिल्ला मोरङको सिमानामा रहेको सो तालमा माछा पाल्नका लागि गाउँपालिकाले सिथुङ खोलालार्इ छेकेर ड्याम बनाएको थियो । 

माछा मार्न भन्दै स्थानीय गजेन्द्र खुलाल, समीर मगर र हेमबहादुर मगरसहित धर्मेन्द्र मगर सोही तालमा पुगेका थिए । 

माछा मार्न गएकामध्ये धर्मेन्द्रको तालमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ । 

मृतक धर्मेन्द्रको शवलार्इ तालबाट झिकिएको र पोष्टमार्टमक लागि जिल्ला सदरमुकाम ल्याउने तयारी भर्इरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?