शक्तिशाली सीको सत्ताका चिराहरू

एजेन्सी : राजकीय सत्ताको बागडोर सम्हाल्ने विश्वका राजनेताहरूमा सर्वाधिक शक्तिशाली मानिएका चिनियाँ राष्ट्रपति सी जिनपिनको सत्तामा चिराहरूबारे बेइजिंगमा हालका साताहरूमा बढी चर्चा भएको पाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको व्यापार युद्ध लडिरहेका बेला सीको चीनमा बालबलिकाहरूमा कमसल खोप दिइएर सार्वजनिक स्वास्थ्यमा हेलचक्राइँ गरिएको चर्चा देखिएको विदेशी सञ्चार माध्यमहरूले उल्लेख गरेकाछन् ।

द पिपुल्स डेलीको मुख्यपृष्ठबाट सीको नाम हटाइएको देखियो । सीको ठाउँमा उनका उपनेता लि केकियांगको लेख राखियोको जस्तो देखियो ।

यसैगरी १३ जुलाईमा केन्द्रीय बेइजिंगमा बन्दुक चलेको अनलाइन समाचार देखिए । साथै प्रतिस्पर्धी राजनीतिज्ञहरूले सत्ता कब्जा गरेका विषय चर्चामा देखियो ।

तर अहिले सी भने पार्टी र सरकारमा पूर्ण नियन्त्रण कायम गरेका छन् । यस्ता हल्लामा सत्यता नरहेको भन्दै हंगकंगस्थित राजनीतिक विश्लेषक ली यीले अनलाइन जर्नल चाइना हेरिटेजमा एक लेख लेखे ।

यो साता सिगुवा युनिभर्सिटीमा कानुनका प्रोफेसर सु झांगरुनले सी नेतृत्वको चिनियाँ सरकारको आलोचना गर्दै एक निवन्धन लेखे ।

उनले चीनको चालीस वर्ष पुरानो सुधार प्रक्रियालाई पुरानो अवस्थामा फर्काउन खोजेको आरोप लेखमा लगाएका छन् । उनले माओको समयमा भएको चिनियाँ सत्ता फर्काउन सीले खोजेको भनेर लेख लेखिएको जनाइएको छ ।

जुन ४मा लोकतन्त्र समर्थक प्रदर्शनमा दमन गरिएको छ । उनले लेखेका छन् “ पार्टीले नयाँ मूर्ति सिर्जना गरिरहेको छ र यो प्रक्रियामा चीनलाई सर्वसत्तावादको छविमा विश्वसामु प्रस्तुत गर्ने प्रस्ताव गरिएको छ ।”

अमेरिका र चीनबीच भइरहेको व्यापार युद्धलाई सी प्रशासनको असफलताको रूपमा उनले चित्रण गरेका छन् ।

हंगकंगस्थित चिनियाँ युनिभर्सिटीस्थित चिनियाँ अध्ययन केन्द्रका प्रोफेसर विली ल्यामले भने “चीनका उदारवादी बुद्धिजीवीहरूबाट पहिलो पटक सन् २०१२मा सत्ता सम्हालेयता सीलाई चुनौती मिलिरहेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?