डब्लिन । इटालियन क्लब नपोलीविरुद्धको मैत्रीपूर्ण खेलमा लिभरपुल विजयी भएको छ ।
डब्लिनमा शनिबारराति सम्पन्न भएको मैत्रीपुर्ण खेलमा इंग्लिस क्लब लिभरपुलले नपोलीलाई ५—० को फराकिलो अन्तरले पराजित गरेको हो ।
लिभरपुललाई जित दिलाउन जेम्स मिल्नर, जर्जिन्हो विज्नाल्डम, मोहमद सलाह, ड्यानियल स्टुरेज र अल्बर्टो मोरेनोले समान एक—एक गोल गरेका थिए ।
खेल शुरु भएको चार मिनेटपनि बित्न नपाउँदै मिल्नरले पहिलो गोल गर्दै लिभरपुललाई शुरुवाती अग्रता दिलाए ।
नवौं मिनेटमा विज्नाल्डमले गोल गर्दै क्लबलाई दोब्बर अग्रता दिलाए । दोस्रो हाफमा लिभरपुलले थप तीन गोल गर्यो । खेलको ५८ औं मिनेटमा मोहम्मद सलाहले गोल गरेपछि लिभरपुलले खेलमा ३–० को अग्रता लियो ।
एक पक्षिय रहेको खेलको ७३ औं मिनेटमा स्टुरेज र ७७ औं मिनेटमा मोरेनोले गोल गर्दै लिभरपुललाई ५–० को जित दिलाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया