काठमाडौं:भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाई लक्षित गरी ड्रोन आक्रमण भएको छ ।
निबार राति एक कार्यक्रममा राष्ट्रपतिले सम्बोधन गर्दै गर्दा आक्रमण भएको त्यहाँका सञ्चारमन्त्री जोग्रे रोड्रिगेजले जनाएका छन्।
शनिबार राति देशको राष्ट्रिय गार्डको ८१ औँ वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै गर्दा आक्रमण भएको सिन्ह्वाले जनाएको छ।
खुला मैदानमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति मडुरोले भाषण गरिरहँदा उनीसहित कार्यक्रममा सहभागी अरूले अचानक माथि हेरेर तर्सिए पछि टेलिभिजन प्रसारणमा आवाज बन्द भयो।
सञ्चारमन्त्री रोड्रिगेजले विपक्षी दक्षिणपन्थीहरूले आक्रमण गराएको आरोप लगाएको बिबिसिमा उल्लख गरिएको छ ।
उनको सुरक्षार्थ तैनाथ सैनिकहरू घाइते भएका छन्। ड्रोन हमलामा कसको संलग्नता छ भन्ने खुलेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया