‘एशियाड’का डोपिङ कन्ट्रोल अफिसर डा. नबेशमान सिंह प्रधानको बिदाई

काठमाडौं । आसन्न १८ औं एशियाली खेलकुद ‘एशियाड’ का लागि नेपालका डोपिङ कन्ट्रोल अफिसर डा. नबेशमान सिंह प्रधानलाई बिदाई गरेका छन् । 

सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीमा भएको कार्यक्रममा अध्यक्ष जिवनराम श्रेष्ठले डा. प्रधानलाई बिदाई गरेका थिए ।

‘एशियाड’मा डा. प्रधानले पहिलो पटक डोपिङ कन्ट्रोल अफिसरको प्रतिनिधित्व गर्दै इन्डोनेशिया प्रस्थान गर्न लागेका हुन  । उनलाई ‘एशियाड’ मुल आयोजक समितीको अनुरोधमा त्यसतर्फ जान लागेका हुन ।

उनले सन् २०१३ मा श्रीलंकामा विश्व एन्टी डोपिङ एजेन्सी ‘वाडा’बाट  डोपिङ सम्बन्धी प्रशिक्षण लिएका थिए ।  डा. प्रधानले सन् २०१३ मा नै भएको नानजिङग युथ एशियन खेलकुदमा पनि डोपिङ कन्ट्रोल अफिसर रुपमा काम गरेका थिए । 

बिदाई कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले यो हाम्रो नेपाली खेलकुद र राष्ट्रका लागि गौरबको विषय भएको र भविष्यमा धेरै डाक्टरहरुलाई डोपिङ कन्ट्रोल अफिसरका रुपमा अरु ठुला प्रतियोगितामा बोलाइने बताए । 

डा. प्रधान बिहीबार इन्डोनेशिया प्रस्थान गर्ने बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?