बिमला र संगिता बिजयी

थाइल्याण्ड । आसन्न १८ औं एशियाली खेलकुद ‘एशियाड’का लागि थाइल्याण्डमा विशेष प्रशिक्षणरत दुई महिला खेलाडीले त्यहाँ भएको मैत्रीपूर्ण खेलमा जित हात पारेका छन् । 
चार मुलुकका टोलीहरु सम्मिलित मैत्रीपूर्ण प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा महिला ५७ केजी तौलसमूहमा संगीता सुनारले लगातार दोस्रो जित हात पारिन् । उनले थाइल्याण्ड बी टिमकी पुर्नापालाई अंकको आधारमा हराएकी हुन् । यसअघि शनिबार उनले थाइल्याण्ड ए टिमकी बुन्याबुचलाई हराएकी थिइन् । 

आइतबार नै भएको अर्को खेलमा नेपाली राष्ट्रिय टोलीकी बिमला श्रेष्ठले ५१ केजी तौलसमूहमा थाइल्याण्ड बी टिमकी निल्लाडालाई अंककै आधारमा हराइन् ।

महिला ६० केजीतर्फ पहिलो खेलमा थाइ राष्ट्रिय टोलीकी खेलाडीलाई हराएकी पुनम रावलले आइतबारको खेलमा थाइल्याण्डकै अनुसारासँग पराजित भइन् ।

यहि भदौ २ देखि १७ गतेसम्म इण्डोनेशियाको जाकार्तामा हुने ‘एशियाड’को तयारीका लागि नेपाली बक्सिङ टोली पछिल्लो डेढ महिनादेखि थाइल्याण्डमा विशेष प्रशिक्षणरत छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?