काठमाडौं । शेयर बजारमा आइतबार सामान्य गिरावट भएको छ ।
नेपाल स्टक एक्सचेञ्जकाअनुसार आइत्बार शेयर बजार १.४३ विन्दुले घटेर एक हजार १८९.८८ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.१८ विन्दुले घटेर २५०.९७ विन्दुले घटेको छ ।
कूल १ सय ६० कम्पनीका पाँच लाख ९७ हजार ५ सय ९७ कित्ता शेयर १६ करोड ७० लाख ४९ हजार ६ सय ८४ मूल्यमा खरिद बिक्री भएको छ । स्टककाअनुसार आइतबार पाँच उपसमूहको शेयर बढ्दा चार उपसमूहको शेयर भने घटेको छ । बैंकिङ ३.५१, जलविद्युत् ५.६५, वित्त ०९.७, निर्जीवन बीमा ३०.९२ र उत्पादन २०.०६ बिन्दुले घटेको छ ।
त्यस्तै, होटल ४.२४, विकास बैंक ११.१७, अन्य ६.४९, माइक्रोफाइनान्स ०.२१ र बीमा ३.६४ विन्दुले बढेको छ ।
आइतबार सिटी एक्सप्रेस फाइनान्स कम्पनी र आरएमडिसी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् भने आइएमइ जनरल इस्योरेन्स कम्पनी र प्रोग्रसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया