काठमाडाैं : निरन्तर परेको साउने झरीका कारण पानीको सतह बढ्दा काठमाडाैंमा सुकुम्बासी बस्तिदेखि अत्याधुनिक 'सपिङ मल'सम्म डुबानमा परेको छ ।
उपत्यकाको बाग्मति नदीकिनारस्थित बानेश्वर, शान्तिनगर, टेके र बल्खुका सुकुम्बासी बस्ती जलमग्न भएको छ । यी स्थानमा उद्दारका लागि सरकारले विपत व्यवस्थापनको टोली खटाएको छ ।
यस्तै, ललितपुरको सैंबुमा रहेको बिगमार्ट सपिङ सेन्टर पनि डुबानमा परेको छ । प्रहरीले सपिङ सेन्टरका सामानहरू सुरक्षित स्थानमा सारेको जनाएको छ ।
ललितपुरकै गोदाबरी खोला किनारका केही क्षेत्र पनि डुबानको जोखिममा रहेको स्थानीयले जानकारी दिएका छन् । पर्टकीय गन्तव्य लाकुरीभञ्याङ र भट्टेडाँडालगायतका स्थानमा पहिरो जाँदा यातायात अावागमन अवरूद्द भएको छ।
पानी पर्न नरोकिएकाले अहिले काठमाडाैं उपत्यकाका बाग्मती, बिष्णुमति, नख्खु, मनोहरा र धोबीखोला लगायतमा पानीको सतह बढिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया