कुनै पनि क्षेप्यास्त्र प्रणाली तोड्न सक्ने हाइपरसोनिक विमानको चीनद्वारा परीक्षण

एजेनसी : चीनले आफ्नो पहिलो हाइपरसोनिक युद्धक विमानको सफलता पूर्वक परीक्षण गरेको छ ।

द्रुतगतिमा उडने यो विमानले परमाणु बम वर्षक युद्धशीर्ष बोक्न सक्ने र कुनै किसिमको क्षेप्यास्त्र प्रणालीलाई तोड्न सक्ने क्षमता भएको चिनियाँ विज्ञहरूले जनाएका छन् ।

चीनको हवाईअन्तरिक्ष विज्ञान तथा प्रविधि प्रतिष्ठान अन्तर्गत रहेको चाइना एकेडमी अफ एयरोस्पेस एयरोडाइनामिक्सले डिजाइन गरेको द सिंगकंग २ वा स्टारी स्काई २ उत्तर पश्चिम चीनमा शुक्रबार परीक्षण गरिएको थियो ।

१० मिनेट भित्रै  रकेट प्रक्षेपित भएको थियो ।  यो विमान वायुवण्डलका बाधाहरूलाई पार गरी उडन सक्ने हाइपरसोनिक विमान हो ।

तरंगमा सवारी गर्ने  यो विमान चीनको पहिलो हाइपरसोनिक विमान हो ।

चीनले हतियार क्षमतामा आफूलाई अमेरिका र रुसको समक्ष पु¥याउन यो परीक्षण गरेको हो ।

चिनियाँ विज्ञहरूका अनुसार भविष्यमा यो हाइपरसोनिक विमानको प्रयोग नागरिक प्रयोजनका लागि पनि हुने अपेक्षा गरिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?