उल्लुले महिलाको हत्या गरेपछि पतीले काट्दैछन् सजाय

के कुनै पंक्षी मान्छेको हत्या गर्न सक्छन्? धेरैलाई यसमा विश्वास लाग्दैन । अमेरिकामा एउटा यस्तै घटना घटेको छ । त्यहाँ एक महिलाको मृत्युको कारण उल्लुलाई बनाइएको छ । यो घटना १७ वर्ष पुरानो घटना हो ।

खासमा के भएको थियो भने एक दिन अमेरिकाको नर्थ क्यारोलिनाम बस्ने एक महिला (क्याथलीन पीटर्सन) आफ्नो घरमा मृत पाइएकी थिइन् । यस केसलाई लिएर उनका पतिलाई दोषी देखाइएको थियो । कोर्टका अनुसार, उनका पति जब अरु महिलासँग पनि सम्बन्धमा थिए, त्यसपछि पत्नीको हत्या गरिदिए । तर, अहिले भने यो कहानीले नयाँ ट्वीस्ट पाएको छ ।

नयाँ हल्लाका अनुसार क्याथलीनको हत्या वास्तवमा एक उल्लुका कारणले भएको थियो ।

क्याथलीनका पति चर्चित लेखक माइकल पीटर्सनकी पत्नी थिइन् ।  अहिले माइकलको उमेर ७३ वर्ष भएको  छ । उनले अहिले हत्याको आरोपमा जन्मकैद काटिरहेका छन् । यही प्रकरणलाई लिएर क्राइम फिल्म बनाउन लागिएको छ ।

क्राइम सिरिजमा काम गर्ने एक व्यक्तिका अनुसार क्याथलीन सिँढीको तल रगतले लतपतिएको अवस्थामा थिइन् । उनको शरीरमा घाउ थियो । घाउ हेर्दा कुनै पंक्षीले टोकेको जस्तो थियो । यसैलाई आधार मानेर ती महिलाको हत्या उल्लुले गरेको हुनसक्ने अनुमान लगाइएको छ ।

सन् २००८ मा क्याथलीन र माइकलका छिमेकी ले पनि उल्लुले हत्या गरेको हुनसक्ने बताएका थिए । उनले आफू बस्ने ठाउँमा ठूला उल्लु आउने गरेको पनि बताएका थिए । ती उल्लुले कुकुर र बिरालोलाई पनि उठाएर लैजाने गर्छन् ।

यसैले पनि उल्लु घरमा घुसेर क्याथलीनलाई हमला गरेको हुनसक्ने छिमेकीहरुले बताउँदै आएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?