काठमाडौँ । सिटिईभिटीले आज हुने लागेको प्रवेश परीक्षा स्थगित गरेकोप्रति अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ ।
सोमबार विज्ञप्ति जारी गरेर रातारात षड्यन्त्रपूर्ण रुपमा प्राविधिक एसएससी तर्फको पूर्ण शूल्कीय प्रवेश परीक्षा स्थगित गरेर विद्यार्थीको भविश्यमाथि खेलवाड गरेको अखिल क्रान्तिकारीले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको सिटिईभिटी समन्वय समिति संयोजक हर्कबहादुर बिकले विज्ञप्ति जारी गरेर पारदर्शी र ब्यबस्थित रुपमा प्रबेश परिक्षा सञ्चाल गर्न हैसियत नराखेको भन्दै सिटिईभिटीको उपाध्यक्ष कुलबहादुर बस्नेत, सदस्य सचिव पुष्परमण वाग्ले र परीक्षा नियन्त्रक मणी भट्टराईको राजीनामा मागेका हुन् । उनले विद्यार्थी तथा शैक्षिक संस्थाहरुलाई अनिर्णयको बन्दी बनाएको भन्दै संगठनले कारवाही गर्ने समेत चेतावनी समेत दिएका छन् ।
त्यसैगरी संयोजक बिकले डिप्लोमा तहको बर्गिकृत छात्रबृत्तिअन्तर्गत धनगढी, जनकपुरलगायतका परीक्षा केन्द्रमा प्रश्नपत्र बाहिरिएको र त्यसको छानबिनले निष्कर्ष नआउँदै प्रवेश परीक्षा स्थथित गरेर घृणित कार्य गरेको बताएका छन् ।
विद्यार्थीको भविश्यसँग खेलवाड भएको भन्दै संयोजयक बिकले प्राबिधिक क्षेत्रतर्फ गन्तब्य बनाएका हजारौं बिद्यार्थीहरुको भबिष्यसँग सम्बन्धित प्रवेश परीक्षाजस्तो संवेदनशील बिषयमा खेलवाड गर्ने÷गराउने सिटिइभीटीको गैरजिम्मेवारपूर्ण रबैयाको कडा संघर्ष र प्रतिरोध गर्न आम बिद्यार्थी वर्गलगायत सम्बन्धित अपिल गर्दै तुरुन्तै पारदर्शी ढङ्गले प्रबेश परिक्षा सञ्चालन गर्न माग गरेका छन् ।
संयोजक बिकले राज्यका शैक्षिक निकायहरु बिद्यार्थीहरुको हितको पक्षमा न्युनतम समझदारी पनि कायम नगरी सिटिइभीटीको प्रबेश परीक्षा र एसईईको पुरक परीक्षाको तालमेल नमिल्दा समेत हजारौं बिद्यार्थी पीडित हुनु परेको भन्दै निन्दा गरेका छन् ।
सिटिईभिटीले यसअघि आज दिउँसो २ बजे प्रवेश परीक्षा तोकेको थियो ।
यस्तो छ विज्ञप्ति
हाम्रो गौरवशाली संगठन अखिल ९क्रान्तिकारी० नेपालको वर्तमान दलाल पँुजीवादी शिक्षा प्रणालीको बिकल्पमा बैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापनाको लागि एकिकृत जनक्रान्तिको चुनौतीपूर्ण संघर्षमा रहेको कुरा सर्बबिदितै छ ।
यसै सन्दर्भमा सिटिइभीटीद्धारा यस शैक्षिक शत्रका लागि प्राबिधिक एस।एल।सि।पूर्ण शुल्कतर्फको प्रबेश परीक्षा आज अर्थात श्रावण २१ गते दिउँसोको २ बजे तोकिएकोमाबिशेष कारणको नाटक गरेर रातारात स्थगित गरिएकोप्रति घोर आपत्ति प्रकट गर्दछौं । डिप्लोमा तहको बर्गिकृत छात्रबृत्ति अन्तर्गत धनगढी, जनकपुरलगायतका परिक्षा केन्द्रमा प्रश्नपत्र बाहिरिएको र त्यसको छानबिनले निष्कर्ष नआउँदै बिशेष कारणको हवालादिएर आजको परिक्षा स्थगितगर्ने गराउनेहरु बिद्यार्थीलगायतजनताको नजरमा घृणाको र आक्रोशको पात्र बनेका छन् ।
प्राबिधिक क्षेत्रतर्फ गन्तब्य बनाएका हजारौं बिद्यार्थीहरुको भबिष्यसँग सम्बन्धित परीक्षाजस्तो संबेदनशिल बिषयमा खेलबाड गर्ने÷गराउने सिटिइभीटीको गैरजिम्मेवारपूर्ण रबैयाको कडा संघर्ष र प्रतिरोध गर्न आम बिद्यार्थी वर्गलगायत सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौं । साथै तुरुन्तै पारदर्शी ढङ्गले प्रबेश परिक्षा सञ्चालन गर्न जोडदार माग गर्दछौं ।
राज्यका शैक्षिक निकायहरु बिद्यार्थीहरुको हितको पक्षमा न्युनतम समझदारी पनि कायम नगरी सिटिइभीटीको प्रबेश परिक्षा र एसइइको पुरक परिक्षाको तालमेल नमिल्दा समेत हजारौं बिद्यार्थी पीडित हुने भएका छन् । यसकाबिरुद्ध समेत हाम्रो संगठन घोर निन्दा गर्दै बिद्यार्थीलाई सहज हुने गरि परीक्षा सञ्चालन गर्न माग गर्दछ ।
अन्त्यमा, पारदर्शी र ब्यबस्थित रुपमाप्रबेश परिक्षा सञ्चालन गर्ने हैसियत नराख्ने सिटिइभीटीका पदाधिकारीहरु उपाध्यक्ष कुलबहादुर बस्नेत, सदस्य सचिब पुष्परमण वाग्ले र परीक्षा नियन्त्रक मणी भट्टराईलाई पदबाट राजिनामागर्न जोडदार माग गर्दछौं । निहित स्वार्थका लागि सिटिईभीटी र सम्पूर्ण बिद्यार्थी तथा शैक्षिक संस्थालाई अनिर्णयको बन्दीबनाउने कार्य गर्ने जो सुकै ब्यक्ति तथा पदाधिकारीहरु संगठनको कार्बाहीमा पर्ने समेत चेतावनी दिन चाहन्छौं ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया